Kathmandu Press

‘जग्गा बैंकमा राखेर ऋण नपाउँदा किसानले छोराछोरी पढाउन सकेनन्’

काठमाडाैं, भदाै २२ : सांसद समिना हुसेनले मुलुकभर विशेष गरी तराईमधेसमा हाल जग्गाको कित्ताकाट गर्न पनि नपाएको र जग्गा बैंकमा राखेर ऋण पनि नपाएको...
‘जग्गा बैंकमा राखेर ऋण नपाउँदा किसानले छोराछोरी पढाउन सकेनन्’

काठमाडाैं, भदाै २२ : सांसद समिना हुसेनले मुलुकभर विशेष गरी तराईमधेसमा हाल जग्गाको कित्ताकाट गर्न पनि नपाएको र जग्गा बैंकमा राखेर ऋण पनि नपाएको बताउँदै यसले किसानका छोराछोरीले पढ्नसमेत नपाएको उल्लेख गरिन्।

प्रतिनिधिसभाको आजको बैठकमा उनले यस सम्बन्धमा तत्काल समस्या समाधन गर्न सरकारको ध्यानाकर्षण गरिन्। 

सांसद हुसेनले वैदेशिक रोजागरीमा हाल महिलालाई रोक लगाएर विभेद गरिएको बताउँदै तत्काल यो विषय सम्बोधन गर्न पनि माग गरिन्।

सांसद लक्ष्मणलाल कर्णले नेपाल अतिरिक्त हुलाक सेवामा हजारौँ कर्मचारी न्यूनतम तलब पनि नपाएर काम गर्नुपरेको जानकारी गराउँदै उनीहरुलाई न्यूनतम तलबको व्यवस्था गर्न सरकारसँग माग गरे।

सांसद विमला विश्वकर्माले झापामा भूमिहिनले विभिन्न माग राखी आन्दोलन गरिरहेको जानकारी गराउँदै उनीहरुलाई तुरुन्त धनी पूर्जा दिन तथा उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराइन्।

प्रकाशित मिति: १५:२७ बजे, बुधबार, भदौ २२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्