Kathmandu Press

संसदमा कलाकार अपूर्व क्षितिजलाई रिहाइ गर्न माग

काठमाडाैं, भदाै २२ : प्रतिनिधिसभाको आजको बैठकमा कलाकार अपूर्व क्षितिज सिंहलाई रिहाइ गर्न माग गरिएको छ। बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख...
संसदमा कलाकार अपूर्व क्षितिजलाई रिहाइ गर्न माग

काठमाडाैं, भदाै २२ : प्रतिनिधिसभाको आजको बैठकमा कलाकार अपूर्व क्षितिज सिंहलाई रिहाइ गर्न माग गरिएको छ। बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले कलाकार अपूर्व क्षितिज सिंहले व्यंग गरेर आफ्नो कला प्रस्तुत गरेबापत जेल जानुपरेको उल्लेख गरे। 

हास्यकला प्रस्तुत गर्दा कसैलाई मर्का पर्न सक्ने, त्यसैका आधारमा पक्राउ गर्न नमिल्ने बताउँदै उनले सिंहलाई तत्काल रिहाइ गर्न माग गरे। साथै उनले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणा भइसकेको सन्दर्भमा सरकारले दीर्घकालीन महत्वका निर्णय गर्न थालेको र निर्वाचनमा प्रभाव पार्ने गरी कर्मचारीको सरुवा गरेको आरोप लगाउँदै तत्काल त्यस्ता कार्य बन्द गर्न सरकारसँग माग गरे।

प्रकाशित मिति: १५:२१ बजे, बुधबार, भदौ २२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्