Kathmandu Press

कारमा बस्दा सिट बेल्ट अनिवार्य लगाउनुपर्ने

नयाँ दिल्ली, भदाै २२ : भारत सरकारले सडक यातायातका क्रममा कार तथा सबै सवारी साधनहरुमा सिट बेल्ट लाउनु अनवार्य गरिएको जनाएको छ। कारको अगाडि...
कारमा बस्दा सिट बेल्ट अनिवार्य लगाउनुपर्ने

नयाँ दिल्ली, भदाै २२ : भारत सरकारले सडक यातायातका क्रममा कार तथा सबै सवारी साधनहरुमा सिट बेल्ट लाउनु अनवार्य गरिएको जनाएको छ। कारको अगाडि बस्ने सबै जनाले सिट बेल्ट लाउनु अनिवार्य भएको नियम यहाँको केन्द्रीय सरकारले जनाएको छ। 

यदि कार तथा बसमा यात्रा गरिहेका व्यक्तिले सिट बेल्ट नलाएको पाइएमा उनीहरुलाई कडा कारबाही गरिने नियम पनि सरकारले ल्याएको जनाइएको छ।

Hardik ivf

भारतीय केन्द्रीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले सो नियम कडा रुपमा लागू गरिने बताउनुभएको हो। उहाँले भन्नुभएको छ– यससम्बन्धी बिस्तृत सूचना चाँडै नै प्रकाशन हुनेछ, यो नियम भारतभरका लागि लागू हुनेछ। 

भारतका एकजना प्रसिद्ध उद्योगी व्यवसायी सिरस मिस्ट्रीको मङ्गलबार कार दुर्घटनामा परेर निधन भएको थियो। भारतको मुम्बइमा उनको निधन भएको एक दिनपछि भारतको केन्द्रीय सरकारले यो नियमको घोषणा गरेको हो। कार दुर्घटनाका क्रममा उनी आफ्नो कारको चालकसँगैको सिटमा बसेका थिए। तर उनले सिट बेल्ट भने बाँधेका थिएनन्।

तर उनको पछि बसेका अरु व्यक्तिहरुले भने सिट बेल्ट बाँधेका थिए। यसका कारण उनीहरु सुरक्षित रहेका थिए। केन्द्रीय मन्त्री गड्करीले कारसम्बन्धी यो नियम भारतका सबै खालका कारहरुका लागि लागु हुने जानकारी पनि दिए।

प्रकाशित मिति: १३:३० बजे, बुधबार, भदौ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्