Kathmandu Press

समाचार प्रकाशनमा आचारसंहिता पालना गर्न आग्रह

काठमाडाैं, भदाै २२ : अनलाइन पत्रकार संघले इन्टरनेटको माध्यमबाट समाचार प्रकाशन तथा प्रसारण गर्दा पत्रकार आचारसंहिताकाे पूर्ण पालना गर्न आग्रह गरेकाे छ।पछिल्लो समय बलात्कारसम्बन्धी...
समाचार प्रकाशनमा आचारसंहिता पालना गर्न आग्रह

काठमाडाैं, भदाै २२ : अनलाइन पत्रकार संघले इन्टरनेटको माध्यमबाट समाचार प्रकाशन तथा प्रसारण गर्दा पत्रकार आचारसंहिताकाे पूर्ण पालना गर्न आग्रह गरेकाे छ।

पछिल्लो समय बलात्कारसम्बन्धी उजुरी र अदालतका फैसला सम्बन्धमा विभिन्न अनलाइन सञ्चारमाध्यममा प्रकाशन एवं प्रसारण भइरहेका समाचारमा पत्रकार आचारसंहिता पालना नभएकाे सन्दर्भमा संघले बुधबार विज्ञप्ति जारी गरेर यस्ताे आग्रह गरेकाे हाे। 

‘इन्टरनेटको माध्यम बनाएर समाचार सामग्री प्रकाशन प्रसारण गर्दा पत्रकार आचारसंहिता, कानुनले निषेध गरेका विषयवस्तु तथा पीडितको पहिचान गोप्य राख्नुपर्ने, अदालतमा चलिरहेका मुद्दा र उसले गरेका फैसलाको विषयमा संवेदनशील हुनुपर्ने जस्ता पत्रकारिताका आधारभूत मूल्य, मान्यता तथा सिद्धान्तहरुलाई पूर्ण रुपमा पालना गरी प्रकाशन, प्रसारण गर्नुहुन सम्पूर्ण पत्रकार तथा सञ्चारमाध्यमहरुलाई अनलाइन पत्रकार संघ पुनःआग्रह गर्दछ,’ संघका सचिव गोविन्द मरासिनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: १३:०४ बजे, बुधबार, भदौ २२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्