Kathmandu Press

धनुषाको नगराइनमा दुई किशोरीको शव फेला

धनुषा, भदौ २२ : धनुषाको नगराइन नगरपालिका–७ स्थित धान खेतमा दुई  किशोरीको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार नगराइन –७ का स्थानीय...
धनुषाको नगराइनमा दुई किशोरीको शव फेला

धनुषा, भदौ २२ : धनुषाको नगराइन नगरपालिका–७ स्थित धान खेतमा दुई  किशोरीको शव फेला परेको छ। 

जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार नगराइन –७ का स्थानीय १८ वर्षीया पूजा महरा र भारतको मधुवनी जिल्ला हरलाखी घर भई नगराइन–७ मा बस्दै आएकी १९ वर्षीया आरतीकुमारी महराको शव फेला परेको हो। 
    
स्थानीयवासी खेतमा जाँदै गर्दा  ती किशोरीलाई मृतावस्थामा देखेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले प्रहरी टोलीले  किशोरीद्वयको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको जानकारी दिए। 

प्रकाशित मिति: १२:४९ बजे, बुधबार, भदौ २२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्