Kathmandu Press

हरिहर मन्दिरमा एक सय आठ गौमुखे धारा र शिवलिङ्ग

कास्की, भदौ २२ : पोखरा महानगरपालिका–१७ सीताघाटस्थित सदाशिव हरिहर मन्दिर परिसरमा एक सय आठ गौमुखे धारा र शिवलिङ्ग निर्माण गरिएको छ । सो क्षेत्रमा धार्मिक...
हरिहर मन्दिरमा एक सय आठ गौमुखे धारा र शिवलिङ्ग

कास्की, भदौ २२ : पोखरा महानगरपालिका–१७ सीताघाटस्थित सदाशिव हरिहर मन्दिर परिसरमा एक सय आठ गौमुखे धारा र शिवलिङ्ग निर्माण गरिएको छ । 

सो क्षेत्रमा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ उक्त धारासहित शिवशिङ्ग निर्माण गरिएको हो । सीताघाटस्थित सेती नदी जल लिफ्टिङ प्रविधिमार्पmत मन्दिर परिसरमा निर्मित ट्याङ्कीमा सङ्कलन गरी आवश्यकता अनुसार गौमुखे धारामा वितरण गरी श्रद्धालु भक्तजनलाई जलधारामा स्नान गर्ने सुविधा पुग्ने छ । 

Hardik ivf

धाराको उपल्लो भागमा एक सय आठ शिवलिङ्ग निर्माणका लागि समेत तयारी गरिएको छ । पोखराको बीच भागबाट भूतिगतरुपमा बगेको सेती नदीमा स्नान गर्न दिनप्रतिदिन असुविधा पुग्दै गएको हुँदा भक्तजनको सुविधाका लागि धारा निर्माणसहित पानीको व्यवस्था गर्न लागिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र शर्मा भण्डारीले जानकारी दिए। 

‘धारा निर्माणसँगै सेती नदीको जलले स्नान गर्न तीव्र इच्छा भएर पनि शारीरिक अशक्ताका कारण नदीसम्म पुग्न नसक्ने भक्तजनको मनोकांक्षा पूरा हुनेछ,’ उनले भने, ‘धार्मिक महत्व बोकेका संरचना निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि यस क्षेत्रको धार्मिक पर्यटक प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास छ।’ 

रकमको अभावमा पनि दृढ सङ्कल्पका साथ सुरु गरिएको अभियानमा ९० जना सहयोगी मनबाट रु १५ लाखभन्दा बढी रकम सङ्कलन हुँदा त आँट म पु¥याउछु भन्ने उखान चरितार्थ भएको बताउँदै उनले भने, ‘आप्mना पितृका नाममा एउटा धारा र शिवलिङ्ग निर्माणका लागि प्रति व्यक्ति रु १५ हजार पाँच सय तोकिएको छ।’

मन्दिर व्यवस्थापन समितिका सचिव हरिहर भण्डारीका अनुसार धारा विशेष दिन र पर्वमा सञ्चालन गरिने छ । उक्त विकास निर्माण सम्पन्न गर्न कूल रु चालीस लाख खर्च हुने अनुमान गरिएको छ।  

प्रकाशित मिति: १२:१६ बजे, बुधबार, भदौ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्