Kathmandu Press

सामुदायिक पुस्तकालय सङ्घमा नयाँ नेतृत्व

सामुदायिक पुस्तकालय सङ्घमा नयाँ नेतृत्व
Hardik ivf

काठमाडौं, भदौ २२ ः देशभरका सामुदायिक पुस्तकालयको छाता सङ्गठन नेपाल सामुदायिक पुस्तकालय सङ्घको यहाँ सम्पन्न १३औँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले  सन्तोष रावलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

सर्वसम्वत रुपमा चयन भएको समितिको वरिष्ठ उपाध्यक्षमा भरत खड्का र  महासचिवमा राजेन्द्रप्रसाद पाण्डेय रहेका छन्। प्रदेश उपाध्यक्षहरुमा क्रमशः प्रदेश १ बाट भीमकुमारी रावत, मधेस प्रदेशबाट भरत गिरी, बागमती प्रदेशबाट सुजता विष्ट, गण्डकी प्रदेशबाट लीला भण्डारी, लुम्बिनी प्रदेशबाट चेतकान्त भट्टराई र सुदूरपश्चिमबाट ज्ञानुराज विनाडी चयन भएका छन् । 
    
यसैगरी सचिवमा बालकृष्ण थपलिया, कोषाध्यक्षमा सागर मिश्र, सदस्यहरुमा लवहरि दाहाल, खड्गनारायण चौधरी, गङ्गा ढकाल, माधव भण्डारी, गोविन्द शर्मा, प्रतिक्षा चौधरी र पुष्पराज जोशी चयन भएका छन् । 

प्रकाशित मिति: १२:११ बजे, बुधबार, भदौ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्