Kathmandu Press

मकवानपुरको सिस्नेरी सडकखण्ड अवरुद्ध

हेटौंडा, भदौ २२ : वर्षाका कारण आएको पहिराले मकवानपुरको सिस्नेरी सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । इन्द्रसरोवर गाउँपालिका–३ तिरतिरेधारामा पहिराका कारण यातायात सेवा...
मकवानपुरको सिस्नेरी सडकखण्ड अवरुद्ध
Hardik ivf

हेटौंडा, भदौ २२ : वर्षाका कारण आएको पहिराले मकवानपुरको सिस्नेरी सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । इन्द्रसरोवर गाउँपालिका–३ तिरतिरेधारामा पहिराका कारण यातायात सेवा अवरुद्ध भएको हो। 

इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार सडक विभागका कर्मचारीले अहिले पहिरो हटाइरहेका छन् । आज अपराह्नसम्ममा यातायात सेवा पुनः सञ्चालनमा ल्याइने इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिए। 

पहिराका कारण हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जाने सवारीसाधन बाटोमै थन्किएका छन् । यात्रुहरु साना सवारीसाधन प्रयोग गरी वैकल्पिक सडकमार्फत गन्तव्यतर्फ लागेका कार्कीले बताए। 

प्रकाशित मिति: १२:०८ बजे, बुधबार, भदौ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्