Kathmandu Press

‘म्हेन्दोला फोले’को सामाजिक अभियान

काठमाडाैं, भदाै २२ : विभिन्न कारणबस रोकिएको तामाङका भाषाको एकमात्र टेलिभिजन कार्यक्रम ‘म्हेन्दोला फोले’को पुनः सुरु हुने भएको छ। कार्यक्रम पुनः सुरु हुने...
‘म्हेन्दोला फोले’को सामाजिक अभियान
Hardik ivfHardik ivf

काठमाडाैं, भदाै २२ : विभिन्न कारणबस रोकिएको तामाङका भाषाको एकमात्र टेलिभिजन कार्यक्रम ‘म्हेन्दोला फोले’को पुनः सुरु हुने भएको छ। कार्यक्रम पुनः सुरु हुने भएसँगै उसले सामाजिक कार्यको थालनी गरेको छ।

‘म्हेन्दोला फोले’ सेवाअन्तर्गत मंगलबार काभ्रेका क्यान्सर पीडित रणबहादुर विकको उपचारका लागि रकम संकलन गरेर हस्तान्तरण गरेको छ। एक कार्यक्रम गर्दै ‘म्हेन्दोला फोले’ले रणबहादुरलाई ५५ हजार रुपैयाँ हस्तान्तरण गरेको छ।

म्हेन्दोला फोलेको यो सामाजिक कार्यमा साथ र सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद दिँदै भविक्ष्यमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरेको छ।

तामाङ समुदायको कला,संस्कार र संस्कृतिको संरक्षण र संवर्धान गर्ने सुरु गरिएको कार्यक्रममा एनटिभी प्लसमा २०६५ सालदेखि २०७१ सालसम्म साप्ताहिक रुपमा प्रशारण भएको थियो । अहिले त्यही उद्देश्यलाई निरन्तरता दिन ‘म्हेन्दोला फोले’ अझ नयाँ विषय वस्तु र नयाँ ढाँचामा युट्युबमा प्रशारण हुने छ।

 

प्रकाशित मिति: १०:५४ बजे, बुधबार, भदौ २२, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्