Kathmandu Press

पहिरोले मध्यपहाडी राजमार्ग फेरि अवरुद्ध

सिन्धुली, भदौ २२ : पहिरो खस्दा मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी सडकखण्ड अवरुद्ध भएको छ।सिन्धुलीको गोलञ्जोर गाँउपालिका–१ कुडुलेमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो। आज...
पहिरोले मध्यपहाडी राजमार्ग फेरि अवरुद्ध
Hardik ivfHardik ivf

सिन्धुली, भदौ २२ : पहिरो खस्दा मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी सडकखण्ड अवरुद्ध भएको छ।

सिन्धुलीको गोलञ्जोर गाँउपालिका–१ कुडुलेमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो। आज बिहान चार बजेदेखि निरन्तर पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विमलराज कँडेलले बताए।

उनका अनुसार राजमार्ग अवरुद्ध भएपछि पूर्वी पहाडी जिल्लाबाट मध्यपहाडी राजमार्ग हुँदै गुड्ने सवारीसाधन बाटोमै थन्किएका छन्।

इलाका प्रहरी कार्यालय खुर्कोटको टोलीले अहिले पहिरो पन्छाउने काम गरिरहेको छ। स्थानीय बासिन्दाको सहकार्यमा पहिरो पन्छाउने काम भइरहेको कँडेलले बताए।

सडक अवरुद्ध भएपछि सयौं यात्रु र सवारी साधन बाटोमै रोकिएका छन्।

प्रकाशित मिति: ०८:२० बजे, बुधबार, भदौ २२, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्