Kathmandu Press

पूजाको प्रसाद खाँदा ३५ जना बिरामी

झापा, भदौ २२ : झापाको मेचीनगर–६ स्थित मिश्र डाँडाको एउटा घरमा पूजाको प्रसाद खाँदा ३५ जना गाउँले बिरामी परेका छन्।काँकडभिट्टा खानेपानी कार्यालय छेउको...
पूजाको प्रसाद खाँदा ३५ जना बिरामी

झापा, भदौ २२ : झापाको मेचीनगर–६ स्थित मिश्र डाँडाको एउटा घरमा पूजाको प्रसाद खाँदा ३५ जना गाउँले बिरामी परेका छन्।

काँकडभिट्टा खानेपानी कार्यालय छेउको मिश्र डाँडाका जनम थापामगरको घरमा आइतबार भीम मगरको एक वर्षको बर्खान्त सकेर सोमबार पूजा लगाइएको थियो।

Hardik ivf

पूजाको प्रसाद खाएका ३५ जना आफन्त र छिमेकी बिरामी परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताए।

उनको परिवारले वार्षिकीमा आफन्त र छिमेकीलाई प्रसाद खान बोलाएको स्थानीय समाजसेवी राजकुमार पराजुलीले बताए। अधिकांश बिरामी बालबालिका रहेको पराजुलीको भनाइ छ।

उनीहरुको मनिषा मेडिकल, तेजस्वी क्लिनिक, धुलाबारीको आम्दा अस्पताल, बिर्तामोडको बिर्तासिटी, बिएण्डसी र ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक महतोले बताए। उनका अनुसार चिकित्सकले विषाक्त खानाले बिरामी भएको बताएका छन्।

प्रकाशित मिति: ०७:२२ बजे, बुधबार, भदौ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्