बेथाञ्चोकमा ‘जनताको साथमा कांग्रेस’ अभियान
काभ्रे, भदौ २१ : संघीय निर्वाचन लक्षित ‘जनताको साथमा कांग्रेस’अभियान अन्तर्गत बेथानचोक गाउँपालिका पाकिकास्तरीय कार्यक्रम सम्पन्न भएको छ।सोमबार आयोजित कार्यक्रममा कार्यक्रममा नेपाली कांग्रेसकी...
काभ्रे, भदौ २१ : संघीय निर्वाचन लक्षित ‘जनताको साथमा कांग्रेस’अभियान अन्तर्गत बेथानचोक गाउँपालिका पाकिकास्तरीय कार्यक्रम सम्पन्न भएको छ।
सोमबार आयोजित कार्यक्रममा कार्यक्रममा नेपाली कांग्रेसकी कन्द्रीय सदस्य रमा कोइरालाले गठबन्धन रहर नभएर लाखौं सहिदहरूको त्याग र बलिदानबाट प्राप्त संविधानको रक्षा र देश विकासको निम्ति भएको बताइन्।
उनले लोकतन्त्रको विकल्प लोकतन्त्र भएझैं कांग्रेसको विकल्प कांग्रेस नै भएकोले एक ढिक्का भएर अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरिन्। आगामी निर्वाचनमा जसले टिकट पाए पनि पार्टीका उम्मेदवारलाई जिताउन एकढिक्का भएर लाग्नु कार्यकर्ताको कर्तत्व्य भएको उनले स्मरण गराइन्।
प्रदेश प्रतिनिधि भगवती खड्का, नेपाली कांग्रेस काभ्रेका सचिव माधव ढकाल, प्रदेश सदस्य केशव तिमिल्सिना, बेथाञ्चोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीलगायतले यो अभियानले काभ्रेमा कांग्रेसलाई अझ बलियो र मजबुत बनाउन ठूलो भुमिका खेलेको बताए । उनीहरुले ‘जनताको साथमा कांग्रेस’ अभियानलाई सफल बनाउन र देशलाई विकास तर्फ अग्रसर गराउन सबैको भूमिका महत्वपुर्ण हुने भएकाले अबको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउन सबै एकजुट हुनुपर्ने धारणा राखे।
यस्तै, कार्यक्रमको सभापतित्व गरेका गाउँपालिका सभापति प्रेमबहादुर तिमिल्सिनाले आसन्न निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताउन स्थानीय तहका जनप्रतिनिधि, नेता तथा कार्यकर्ताले पनि विशेष भूमिका हुने बताए। पालिकास्तरको कार्यक्रम पश्चात् आफूहरु अभियान लिएर वडा–वडामा जाने उनले बताए।












