Kathmandu Press

श्रीलङ्कामा वर्षाका कारण ४ जनाको मृत्यु, एक हजारभन्दा बढी प्रभावित

काेलम्बाे, भदाै २१ : श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्रले मङ्गलबार बिहानैदेखि देशभर परेको भारी वर्षाका कारण चार जनाको मृत्यु भएको जनाएकाे छ। वर्षाकाे कारण...
श्रीलङ्कामा वर्षाका कारण ४ जनाको मृत्यु, एक हजारभन्दा बढी प्रभावित

काेलम्बाे, भदाै २१ : श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्रले मङ्गलबार बिहानैदेखि देशभर परेको भारी वर्षाका कारण चार जनाको मृत्यु भएको जनाएकाे छ। वर्षाकाे कारण एक हजारभन्दा बढी प्रभावित भएको उल्लेख गरेको छ।

पछिल्लो अपडेट अनुसार प्रकोप व्यवस्थापन केन्द्रले राजधानी कोलम्बोबाट ७८ किलोमिटर टाढा केगालेमा चार जनाको मृत्यु भएको र विभिन्न जिल्लामा  एक हजारभन्दा बढी  मानिस विस्थापित भएको बताएको छ।

आगामी दिनमा भारी वर्षा हुने र तल्लो भूभागमा बसोबास गर्ने बासिन्दालाई उच्च भूभागमा जान आग्रह गरेको भन्दै केन्द्रले विभिन्न जिल्लामा  सतर्कता सूचना जारी गरेको छ । यसैगरी वर्षासँगै चट्याङ पनि पर्न सक्ने चेतावनी समेत दिइएको छ।

राष्ट्रपति कार्यालयले मङ्गलबार प्रभावित जिल्लाका अधिकारीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको र २४ सै घण्टा हटलाइन स्थापना गरिएको जनाएको छ।

प्रकाशित मिति: १९:४७ बजे, मंगलबार, भदौ २१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्