Kathmandu Press

कागेश्वरी मनोहरालाई खेलकुद नगरी बनाउने मेयरको घोषणा

काठमाडौं, भदौं २१ : काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले नगरलाई खेलकुद नगरी बनाउने भएको छ । नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले कार्यभार सम्हालेको सय दिनमा गरेका...
कागेश्वरी मनोहरालाई खेलकुद नगरी बनाउने मेयरको घोषणा

काठमाडौं, भदौं २१ : काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले नगरलाई खेलकुद नगरी बनाउने भएको छ । 

नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले कार्यभार सम्हालेको सय दिनमा गरेका काम सार्वजनिक गर्दै नगरपालिकाले नगरसभाबाटै पालिकालाई खेलकुद नगरी बनाउने प्रस्ताव पारित गरेको भन्दै अव खेल विशेषका एकेडेमी निर्माणका लागि संघीय सरकारसँग समन्वयको काम थालेको र निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्ने नीति लिएको जनाएका हुन् । 

Hardik ivf

नगरपालिकाले आगामी दशै अगाडी जेष्ठ नागरिकलाई चाडवाड खर्चवापत एक हजार रुपैया वितरण गर्ने जनाएको छ । नगरपालिकाले जेष्ठ नागरिकका लागि निशूल्क घरघरमै स्वास्थ्य परीक्षणको पनि व्यवस्था मिलाएको छ ।

यसबाहेक विशेषज्ञ सेवा कम्तिमा वर्षमा एक पटक पाउने गरी विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर संचालन गर्ने तयारी गरेको छ । यस्तै नगरपालिकाले किसान कार्डको व्यवस्था गर्दै वर्ष र बाढीबाट क्षति बोहेरेका किसानलाई क्षतिपूर्ति र अर्गानिक कृषि व्यवसाय प्रवद्र्धनका लागि अनुदानको व्यवस्था गर्ने पनि घोषणा गरेको छ । 

स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन मेडिकल अधिकृत थपेको नगरपालिकाले नगरअस्पतालको १५ शैयाको अस्पताल निर्माणका लागि संघीय सरकारबाट २० करोड लिएर काम अघि बढाएको छ । यस्तै शिक्षतर्फ सुधारका लागि नगर शिक्षा ऐन संशोधन गरी शिक्षा ऐन २०२८ सँग मिलाएको नगरपालिकाले एक शिक्षक एक ल्यापटप अभियान संचालन गरेको छ । 

यस्तै नगरपालिकाले नगरभित्रको फोहोरको परिमाण घटाउन स्रोतमै फोहोरको वर्गीकरण गरी छुट्टाउने नीति लिँदै नगरभित्रै फोहोर व्यवस्थापनको तयारी समेत गरेको छ । 

प्रकाशित मिति: १८:२० बजे, मंगलबार, भदौ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्