Kathmandu Press

पवन कार्की नेतृत्वको अनेरास्ववियुले घोषणा गर्‍याे  ‘रिभोलुसनरी फोर्स’

काठमाडौं, भदौ २१ : पवन कार्की नेतृत्वको अनेरास्ववियू (क्रान्तिकारी)ले ‘रिभोलुसनरी फोर्स’ को घोषणा गरेको छ ।  पन्चा सिंह नेतृत्वको अनेरास्ववियू (क्रान्तिकारी) ले क्रान्तिकारी फोर्स...
पवन कार्की नेतृत्वको अनेरास्ववियुले घोषणा गर्‍याे  ‘रिभोलुसनरी फोर्स’

काठमाडौं, भदौ २१ : पवन कार्की नेतृत्वको अनेरास्ववियू (क्रान्तिकारी)ले ‘रिभोलुसनरी फोर्स’ को घोषणा गरेको छ ।  

पन्चा सिंह नेतृत्वको अनेरास्ववियू (क्रान्तिकारी) ले क्रान्तिकारी फोर्स गठन गर्ने निर्णयसँगै पवन कार्की नेतृत्वको संगठनले पनि मंगलबार काठमाडौंमा  रिभोलुसनरी फोर्स’ को घोषणा गरेको हो । 

रिभोलुसनरी फोर्सको घोषणा अघि क्रान्तिकारीले काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म मार्चपास गरेको थियो । फोर्स घोषणा कार्यक्रममा कार्कीले देशमा परिवर्तन स्थापीत गर्ने काम माओवादी केन्द्रले गरेको भन्दै निर्वाचन मार्फत माओवादीलाई स्थापित गराउन फोर्सले काम गर्ने बताए।

पन्चा सिंह नेतृत्वको अनेरास्ववियुले भने बुधबार अर्थात २२ भदौमा रिभोलुसनरी फोर्स गठन गर्ने जनाएको छ । 

प्रकाशित मिति: १८:०८ बजे, मंगलबार, भदौ २१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्