Kathmandu Press

कारागार विधेयक २०७९ राष्ट्रिय सभाबाट पारित 

काठमाडौं, भदौ २१ : राष्ट्रियसभा बैठकमा कारागार विधेयक २०७९ पारित भएको छ । मंगलबार बसेको बेठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रस्तुत गर्नुभएको प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त...
कारागार विधेयक २०७९ राष्ट्रिय सभाबाट पारित 

काठमाडौं, भदौ २१ : राष्ट्रियसभा बैठकमा कारागार विधेयक २०७९ पारित भएको छ । 

मंगलबार बसेको बेठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रस्तुत गर्नुभएको प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त कारागार विधेयक २०७९ बहुमतले पारित भएको हो ।

त्यस्तै बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले प्रस्तुत गर्नुभएको शहरी क्षेत्र सार्वजनिक यातायात(व्यवस्थापन) प्राधिकरण विधेयक २०७६ लाई प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकार सहित पुन पारित गरियोस भन्ने प्रस्ताव पनि पारित भएको छ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त बीमा विधेयक, २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ माथि बिचार गरियोस भन्ने प्रस्ताव पेश गरेका थिए भने कृषि मन्त्री मृगेन्द्र कुमार सिंहले प्रस्तुत गर्नुभएको पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ । 

राष्ट्रियसभाको अर्को बैठक भाद्र २६ गते बोलाइएको छ ।

प्रकाशित मिति: १४:५६ बजे, मंगलबार, भदौ २१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्