Kathmandu Press

म्याग्नेसाइट उद्योगका पाटपुर्जा चोरी

चौतारा, भदौ २२: सिन्धुपाल्चोक र दोलखा जिल्लामा रहेको ओरियन्ट म्याग्नेसाइट उद्योग ३४ वर्षदेखि सञ्चालनमा नआउँदा धेरैले रोजगारीको अवसर गुमाएका छन्।नेपाल ओरियन्ट म्याग्नेसाइट प्रालिको...
म्याग्नेसाइट उद्योगका पाटपुर्जा चोरी

चौतारा, भदौ २२: सिन्धुपाल्चोक र दोलखा जिल्लामा रहेको ओरियन्ट म्याग्नेसाइट उद्योग ३४ वर्षदेखि सञ्चालनमा नआउँदा धेरैले रोजगारीको अवसर गुमाएका छन्।

नेपाल ओरियन्ट म्याग्नेसाइट प्रालिको नामबाट सञ्चालित उद्योग बन्द हुँदा प्रत्यक्ष, अप्रत्यक्षरूपमा तीन हजारभन्दा बढीको रोजगारी गुमेको छ।

Hardik ivf

उद्योग सञ्चालन हुँदा तत्कालीन समयमा एक मजदुरले मासिक रु तीनदेखि चार हजारसम्म कमाउने गरेको सुनकोसी गाउँपालिका वडा नम्बर ५ का युवराज बस्नेतले बताए।

पटक–पटक सञ्चालनमा ल्याउने हल्ला चले पनि हालसम्म सञ्चालनमा नआउदा उद्योगको पाटपुर्जा चोरी भइरहेको छ।

बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि नीति कार्यक्रममा समेट्दै बजेटको व्यवस्था गरेर खरी उद्योग सञ्चालनका लागि प्रारम्भिक पहल गरेको थियो।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले खरी उद्योग पुनःसञ्चालनका लागि प्रविधि हस्तान्तरण तथा प्राविधिक सहयोगका गर्न रु २० लाख बजेट विनियोजन गरेको थियो।

ओरियन्ट म्याग्नेसाइटको विश्वबजारमा उच्च माग हुँदाहुँदै पनि भारतीय कम्पनी उडिसा इन्डस्ट्रिजको दबाबमा विसं २०५५ बाट उद्योग बन्द भएको स्थानीय बताउँछन्। (रासस)

प्रकाशित मिति: ०९:०० बजे, मंगलबार, भदौ २१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्