Kathmandu Press

सर्पले डसेर छोरीको मृत्यु, आमा सिकिस्त

कञ्चनपुर, भदौ २२ : विषालु सर्पको टोकाइबाट कञ्चनपुरको बेदकोट नगरपालिका–१० दैजीकी अन्दाजी १८ वर्षीया पुष्पा दमाईको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी...
सर्पले डसेर छोरीको मृत्यु, आमा सिकिस्त

कञ्चनपुर, भदौ २२ : विषालु सर्पको टोकाइबाट कञ्चनपुरको बेदकोट नगरपालिका–१० दैजीकी अन्दाजी १८ वर्षीया पुष्पा दमाईको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार घरमै सुतेको वेला पुष्पा बेहोस अवस्थामा फेला परेकी थिइन्। आफन्तले उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको बताइएको छ।

Hardik ivf

उनको शव परीक्षणका लागि महाकाली अस्पताल महेन्द्रनगरमा राखिएको छ।  

उनकी आमा ४८ वर्षीया मञ्जु देवी दमाईलाई समेत यही भदौ १८ गते बिहान सुतिरहेको वेला घाँटीमा सर्पले डसेको थियो। उनको महाकाली प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ।

प्रकाशित मिति: ०७:५३ बजे, मंगलबार, भदौ २१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्