Kathmandu Press

टर्की सेनाको हेलिकप्टर उत्तरी इराकमा दुर्घटना, एक जना बेपत्ता

अंकारा, भदाै २ : उत्तरी इराकमा आइतबार राति टर्की सेनाको हेलिकप्टर दुर्घटना हुँदा एक जना बेपत्ता भएका छन् भने अन्य सात जनाको उद्धार...
टर्की सेनाको हेलिकप्टर उत्तरी इराकमा दुर्घटना, एक जना बेपत्ता

अंकारा, भदाै २० : उत्तरी इराकमा आइतबार राति टर्की सेनाको हेलिकप्टर दुर्घटना हुँदा एक जना बेपत्ता भएका छन् भने अन्य सात जनाको उद्धार गरिएको रक्षा मन्त्रालयले सोमबार जनाएको छ।

सिकोर्स्की हेलिकप्टर उत्तरी इराकको टर्किएको नयाँ सैन्य अपरेशन क्षेत्रमा आपूर्ति अभियानको क्रममा प्राविधिक गडबडीका कारणले गर्दा आकस्मिक अवतरण गर्न बाध्य हुँदा सो दुर्घटना भएको हो। मन्त्रालयका अनुसार  सो हेलिकोप्टरमा आठ कर्मचारी सवार थिए।

गत अप्रिलमा टर्की सेनाले उत्तरी इराकको मेटिना, जाप र अभासिन(बास्यान क्षेत्रहरूमा प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी ९पीकेके० विरुद्ध क्लाउ(लक भनिने नयाँ भूमि र हवाई क्रस बोर्डर अपरेशन  शुरु गरेको थियो। 

टर्किएले नियमित रूपमा उत्तरी इराकमा रहेको पीकेके अड्डाहरूमा क्रस बोर्डर अपरेसनहरू सञ्चालन गरेको छ।

टर्किए संयुक्त राज्य अमेरिका र युरोपेली संघद्वारा आतङ्कवादी सङ्गठनको रूपमा सूचीबद्ध गरिएको पीकेकेले तीन दशकभन्दा बढी समयदेखि टर्की सरकारविरुद्ध विद्रोह गर्दै आएको छ।

प्रकाशित मिति: १८:०७ बजे, सोमबार, भदौ २०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्