Kathmandu Press

नेपालगञ्जमा पनि डेंगु सङ्क्रमण बढ्यो

नेपालगञ्ज, भदाै १९ : नेपालगञ्ज उपमहानगरपालिकाभित्र स्थानीय व्यक्तिमा पनि डेंगुको सङ्क्रमण देखिएको छ। नेपालगञ्जको बसपार्क क्षेत्रमा बसोबास गर्ने एकजनामा डेंगु देखिएको उपमहानगरपालिकाले जनाएको...
नेपालगञ्जमा पनि डेंगु सङ्क्रमण बढ्यो

नेपालगञ्ज, भदाै २० : नेपालगञ्ज उपमहानगरपालिकाभित्र स्थानीय व्यक्तिमा पनि डेंगुको सङ्क्रमण देखिएको छ। नेपालगञ्जको बसपार्क क्षेत्रमा बसोबास गर्ने एकजनामा डेंगु देखिएको उपमहानगरपालिकाले जनाएको छ। 

स्थानीयवासीमा डेंगु देखिएपछि अन्य व्यक्तिमा सर्न नदिनका लागि डेंगु सार्ने लामखुट्टे नष्ट पार्ने कार्यक्रम सञ्चालन गरिने उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए। 

Hardik ivf

स्वास्थ्य कार्यालय बाँकेका दुर्गा गौतमसहितको सहभागितामा वडा नं ४ को कार्यालयमा बसेको सर्वपक्षीय बैठकले सोमबारदेखि लामखुट्टे नष्ट पार्ने तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

वडा नं ४ का अध्यक्ष गोपाल पुनले डेंगुबाट नगरवासीलाई जोगाउन सचेतना जगाउन आवश्यक भएको बताए।

प्रकाशित मिति: १७:३२ बजे, सोमबार, भदौ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्