Kathmandu Press

पाथीभरा क्षेत्रमा घुम्ती शौचालय र डिजिटल घडी

ताप्लेजुङ, भदौ २० : ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रमा पोर्टेबल शौचालय र डिजिटल घडी राखिने भएको छ। सनराइज बैंक शाखा ताप्लेजुङले पाथीभरा क्षेत्र...
पाथीभरा क्षेत्रमा घुम्ती शौचालय र डिजिटल घडी

ताप्लेजुङ, भदौ २० : ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रमा पोर्टेबल शौचालय र डिजिटल घडी राखिने भएको छ। सनराइज बैंक शाखा ताप्लेजुङले पाथीभरा क्षेत्र प्रयोग गर्नका लागि पाथीभरा क्षेत्र विकास समितिलाई आवश्यक सामग्री उपलब्ध गराएसँगै सो क्षेत्रमा पोर्टेबल शौचालय र डिजिटल घडी हुने भएको हो। 

बैंकले तीन थान पोर्टेबल शौचालय र एकथान डिजिटल घडी प्रदान गरेको छ । बैंकका डेपुटी जनरल म्यानेजर रवीनकुमार नेपालले समितिका अध्यक्ष रक्की थेवेलाई उक्त सामग्री उपलब्ध गराएको छ। पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष थेबेले पाथीभरा क्षेत्रमा तीर्थालुलाई सहयोग पुग्नेगरी सामग्री दिएर सनराइज बैंकले सामाजिक उत्तरदायित्व निर्वाह गरेको बताए। 

सनराइज बैंकका १ नं प्रदेश प्रमुख विवेक निरौलाले पाथीभरा क्षेत्रमा तीर्थालुका लागि आवश्यक पर्ने सामग्री हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताए। बैंकले समाजका आधारभूत आवश्यकतालाई क्रमैसँग पूरा गरेर सामाजिक उत्तरदायित्व बहन गर्दै आएको उनले बताए। 

सनराइज बैंकले केही समयअघि मात्र विपद् र सामाजिक कार्यमा प्रयोग हुने २० थान ठूलो खालको त्रिपाल जिल्ला समन्वय समितिलाई हस्तान्तरण सनराइज बैंकका फुङ्लिङ शाखा प्रबन्धक अनिल श्रेष्ठले जानकारी दिए। 

प्रकाशित मिति: १७:२९ बजे, सोमबार, भदौ २०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्