Kathmandu Press

इप्पानद्वारा ऊर्जामन्त्री भुसाललाई धन्यवाद ज्ञापन

काठमाडौं, भदौ १९ : स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान) ले ऊर्जामन्त्री पम्फा भुसाललाई धन्यवाद दिएको छ।विद्युत् खरिदबिक्री सम्झौतामा अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्थासम्बन्धी प्रतिवेदन,...
इप्पानद्वारा ऊर्जामन्त्री भुसाललाई धन्यवाद ज्ञापन

काठमाडौं, भदौ २० : स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान) ले ऊर्जामन्त्री पम्फा भुसाललाई धन्यवाद दिएको छ।

विद्युत् खरिदबिक्री सम्झौतामा अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्थासम्बन्धी प्रतिवेदन, २०७९ को बुँदा नम्बर ४ को खण्ड ‘ङ’ कार्यान्वयन नगर्ने निर्णय लिएको भन्दै इप्पनका कार्यवाहक अध्यक्ष गणेश काकी मन्त्री भुसाललाई धन्यवाद दिएका हुन्।

‘जलविद्युत् आयोजनाको विकास, सर्वेक्षण एवं उत्पादन अनुमतिपत्र निर्देशिका तथा विद्युत् खरिदबिक्री सम्झौतामा अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्थासम्बन्धी प्रतिवेदन, २०७९ को बुँदा नम्बर ४ को खण्ड ‘ङ’ कार्यान्वयन नगर्ने माननीय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीस्तरीय निर्णयलाई स्वागत गर्दै इप्पान माननीय मन्त्रीज्यूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ,’ कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

आर्थिक समृद्धि, रोजगारी सिर्जना, भुक्तानी सन्तुलन, व्यापार घाटा र गरिवी निवारणमा ठूलो योगदान गरिरहेको ऊर्जा क्षेत्रलाई केन्द्रित गरी आगामी दिनमा ल्याइने कुनै पनि नीति, नियमको निर्माणमा इप्पानलाई सहभागिता गराउन पनि माग गरिएको छ।

यसले मात्र मन्त्रालय र स्वतन्त्र ऊर्जा उत्पादकहरूबीच सहकार्यको वातावरण निर्माण भई नयाँ बन्ने नीति, नियम कार्यान्वयनमा सहजता र प्रभावकारिता हुने इप्पानको धारणा रहेको जनाइएको छ।
 

प्रकाशित मिति: १७:०९ बजे, सोमबार, भदौ २०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्