Kathmandu Press

विहारमा डुंगा डुब्दा १० जना बेपत्ता

नयाँदिल्ली, भदाै २१ : पूर्वी भारतको विहार राज्यको एउटा नदीमा आइतबार साँझ डुंगा डुब्दा दश जना बेपत्ता भएका छन्।डुंगामा सवार ४० जना भने पौडेर...
विहारमा डुंगा डुब्दा १० जना बेपत्ता

नयाँदिल्ली, भदाै २१ : पूर्वी भारतको विहार राज्यको एउटा नदीमा आइतबार साँझ डुंगा डुब्दा दश जना बेपत्ता भएका छन्।

डुंगामा सवार ४० जना भने पौडेर सुरक्षित स्थानमा पुग्न सफल भएकाे सरकारी अधिकारीले बताएका छन्। 

Hardik ivf

हराइरहेकाहरूको उद्धार तथा खोजमा राज्यको प्रकोप व्यवस्थापन कार्यालयका अधिकारी क्रियाशील रहेका पटनास्थित जिल्ला मजिस्ट्रेट कार्यालयले जनाएको छ।

दुर्घटनाग्रस्त डुंगामा पटनाको दाउदपुर क्षेत्रका श्रमिक सवार थिए। उनीहरू कामबाट फर्केका थिए। राष्ट्रिय प्रकोप उद्धार बलका गोताखोर पनि खोजीमा परिचालन भएका छन्। 

भारतका ग्रामीण क्षेत्रमा परम्परागतरूपमा निर्माण गरिएका डुङ्गा यातायातका प्रमुख साधन हुन्। विशेष गरी वर्षायाममा भारतमा डुङ्गा दुर्घटना हुने गरेका छन्। 

प्रकाशित मिति: १६:१५ बजे, सोमबार, भदौ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्