Kathmandu Press

छैटौंपटक मेस्सीले जिते बालोन डी’ओर अवार्ड

एजेन्सी, मंसिर १७ : स्टार खेलाडी लियोनेल मेस्सीले छैठौ पटक बालोन डिओर अवार्ड जितेका छन् । यो सँगै मेस्सी फुटबलको प्रतिष्ठित अवार्ड मध्यको एक मानि....

छैटौंपटक मेस्सीले जिते बालोन डी’ओर अवार्ड

एजेन्सी, मंसिर १७ : स्टार खेलाडी लियोनेल मेस्सीले छैठौ पटक बालोन डिओर अवार्ड जितेका छन् । यो सँगै मेस्सी फुटबलको प्रतिष्ठित अवार्ड मध्यको एक मानिने बालोन डिओर अवार्ड सबैभन्दा धेरै पटक जित्ने खेलाडी बनेका छन् ।

गएराती फ्रान्सको पेरिसमा आयोजित एक समारोहक बीच अवार्डको घोषणा गरिएको छ । मेसीले लिभरपुलका भर्जिल भान डाइक र युभेन्डसका क्रिस्टियानो रोनाल्डोलाई पछि पर्दै यो अवार्ड जितेका हुन् । मेसीले यस अघि सन् २००९, २०१०, २०११, २०१२, २०१५ मा यो अवार्ड जितेका थिए ।

त्यस्तै रोनाल्डोले बालोन डिओर अवार्ड पाँच पटक जितेका छन् । रोनाल्डोले २००८, २०१३, २०१४, २०१६ र २०१७ मा यो अवार्ड जितेका थिए ।  ‘आज मैले छैटौँ बालोन डी’ओर जितेँ । यो विलकुल फरक क्षण हो, यो समय मेरा सन्तान र परिवारसँग बिताउने छु’, अवार्ड जितेपछि मेस्सीले भने।खेलाडी, प्रशिक्षक तथा खेलाडीको मतका आधारमा प्रदान गरिने यो अवार्ड गत वर्ष रियल मड्रिडका लुका मोड्रिकले जितेका थिए।  

यसैगरी यसै वर्षबाट उत्कृष्ट गोलरक्षकलाई दिन सुरू गरिएको याशिन ट्रफी लिभरपुलका एलोसनलाई प्रदान गरियो। यस्तै २१ वर्ष मुनिका उत्कृष्ट खेलाडीलाई प्रदान गरिने कोपा ट्रफीको अवार्ड युभेन्टस तथा नेदरल्याण्डसका डिफेन्डर माथेज डी लिग्टले पाए।

प्रकाशित मिति: ०८:३८ बजे, मंगलबार, मंसिर १७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्