Kathmandu Press

हात्ती भगाउन रातभर जाग्राम

कञ्चनपुर, भदौ २० : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५ बडुवाल टोलका बासिन्दा हात्ती भगाउन रातभर जाग्राम बस्ने गरेका छन् । भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने...
हात्ती भगाउन रातभर जाग्राम

कञ्चनपुर, भदौ २० : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५ बडुवाल टोलका बासिन्दा हात्ती भगाउन रातभर जाग्राम बस्ने गरेका छन् । भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली हात्तीको बथानले गाउँ पसेर धानबाली र मकैमा नोक्सान गर्न थालेपछि भगाउनका लागि त्यहाँका बासिन्दा रातभर जाग्राम बस्न थालेका हुन्। 
    
साँझपख आउने हात्तीको बथानले अन्नबालीमा नोक्सान पु¥याउने गरेको स्थानीय सीतादेवी बादीले बताए। ‘हात्तीको बथानले धानबाली सबै नोक्सान गरिसक्यो,’ उनले भने, ‘यसपाली त खानलाई पनि किन्नुपर्छ घरमा पनि आउँछ कि भन्ने डर छ ।’            

‘उक्त निकुञ्जबाट ३०÷३५ वटा हात्तीको बथान बच्चासहित दिनहुँ बडुवाल टोलमा पस्ने गरेकाले भगाउनका लागि रातभर जाग्राम बस्नुपर्छ हामी नसुतेको एक साता भइसक्यो,’ उनले भने, ‘साइरन बजाएर होहल्ला गर्दा पनि हात्तीको बथान भाग्दैन।’ 
    
स्थानीय लक्ष्मी रानाले हरेक वर्ष यहाँ घरखेतमा हात्तीले नोक्सान गर्ने गरेको बताए। ‘धान र मकै सबै सखाप पारिसक्यो घरमा पस्ने डरले रातभर जाग्राम बस्छौँ,’ उनले भने, ‘रातभर गाउँका सबै भेला हुन्छौँ सशस्त्र प्रहरीले पनि सहयोग गरेको छ।’ लक्ष्मीका अनुसार गाउँमा विद्युत् नुहुँदा झन समस्या हुने गरेको छ।
     
दोधारा चाँदनी नगरपालिका–५ का वडाध्यक्ष हरिसिंह धनाडीले गाउँमा हात्तीको आतङ्कले स्थानीयवासी त्रस्त भएको बताए। ‘यो बस्तीमा भारतीय सीमापर्ने भएकाले भारतले तारबार गर्न दिँदैन,’ उनले भने, ‘हरेक वर्ष यहाँ भारतीय जङ्गलबाट हात्ती आइ नोक्सान गरेर जान्छन् ।’     

Hardik ivf

अहिले जङ्गल पनि घना भइसकेकाले यहाँ हात्ती बढी आउन थालेको वडाध्यक्ष धनाडीले बताए । ‘यसको रोकथाम कसरी गर्न सकिन्छ भनेर भारतीय जनप्रतिनिधिसँग समन्वय गर्दैछौँ,’ उनले भने, ‘क्षतिबारे वडा कार्यालयले तथ्याङ्क सङ्कलन गर्दै छ ।’     

यसैगरी हात्तीले बेदकोट नगरपालिका, लालझाडी गाउँपालिकामा समेत किसानकोे धानबालीमा नोक्सान पु¥याउने गरेको छ।

प्रकाशित मिति: १२:४८ बजे, सोमबार, भदौ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्