Kathmandu Press

लखनउको होटलमा आगलागी : दुईजनाको मृत्यु, १० जना घाइते

लखनउ, भदाै २० : उत्तर प्रदेशको राजधानी लखनऊको हजरतगञ्ज क्षेत्रमा रहेको लेभाना होटलमा सोमबार आगलागी हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अन्य...
लखनउको होटलमा आगलागी : दुईजनाको मृत्यु, १० जना घाइते

लखनउ, भदाै २० : उत्तर प्रदेशको राजधानी लखनऊको हजरतगञ्ज क्षेत्रमा रहेको लेभाना होटलमा सोमबार आगलागी हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन्।

होटलमा धेरै मानिस फसेका आशंका गरिएको छ। घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ। घटनास्थलमा उद्धार जारी छ। 

यसैबीच, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले तदारूकताका साथ उद्धारमा लाग्न तथा घाइतेहरूलाई प्राथमिकताका साथ उपचार गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिनुभएको छ।

जिल्ला प्रशासनका अधिकारीहरू तथा वरिष्ठ प्रहरी अधिकृतहरूलाई घटनास्थलमा पुगेका तथा त्यहाँ राहत एवं उद्धारका काममा समन्वय गरिरहेका मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित मिति: १२:०७ बजे, सोमबार, भदौ २०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्