Kathmandu Press

टाटा सन्सका पूर्व अध्यक्ष मिस्त्रीको सडक दुर्घटनामा मृत्यु

मुम्बई, भदाै १९ : टाटा सन्सका पूर्व अध्यक्ष साइरस मिस्त्रीको आइतबार मुम्बई नजिकै भएको सडक दुर्घटनामा मृत्यु भएको छ।पालघर प्रहरीका अनुसार मिस्त्री अहमदाबादबाट...
टाटा सन्सका पूर्व अध्यक्ष मिस्त्रीको सडक दुर्घटनामा मृत्यु

मुम्बई, भदाै १९ : टाटा सन्सका पूर्व अध्यक्ष साइरस मिस्त्रीको आइतबार मुम्बई नजिकै भएको सडक दुर्घटनामा मृत्यु भएको छ।

पालघर प्रहरीका अनुसार मिस्त्री अहमदाबादबाट मुम्बई जाँदै गर्दा उनको कार डिभाइडर ठोक्किएर दुर्घटना भएको थियो। कारमा चार जना सवार थिए। मिस्त्रीसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुई जनालाई उपचारका लागि अस्पताल लगिएको छ।

Hardik ivf

राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) की सांसद सुप्रिया सुलेले ट्विटरमा लेखेका छन, 'अत्यन्तै दुखद् खबर। मेरा भाइ साइरस मिस्त्रीको निधन भएको छ। विश्वास गर्न सकिरहेको छैन। आत्मले शान्ति पाओस साइरस।'

आरपीजी इन्टरप्राइजेजका अध्यक्ष हर्ष गोयन्काले पनि मिस्त्रीको निधनप्रति दुःख व्यक्त गरेका छन। 'साइरस मिस्त्रीको दुर्घटनामा निधन भएको खबर सुन्दा निकै दुःख लागेको छ। उनी एक मित्र, एक सज्जन मानिस थिए।

साइरसले विश्वव्यापी निर्माण कम्पनी शापूर्जी पालोनजीको निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्दै टाटा समूहको सक्षम नेतृत्व गरेका थिए।

टाटा सन्सका छैटौं अध्यक्ष मिस्त्रीलाई सन् २०१६ को अक्टोबरमा पदबाट हटाइएको थियो। सन् २०१२ को डिसेम्बरमा रतन टाटाले सन्यासको घोषणा गरेपछि उनले अध्यक्षको जिम्मेवारी सम्हालेका थिए।

प्रकाशित मिति: १९:४७ बजे, आइतबार, भदौ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्