Kathmandu Press

ट्रेड युनियनकर्मीसँग काभ्रे कांग्रेसको छलफल

काभ्रे, भदाै १९ : नेपाली कांग्रेस जिल्लामा कार्यसमिति काभ्रेले जिल्लामा क्रियाशिल ट्रेड युनियनकर्मीसँग छलफल गरेको छ । ‘जनताको साथमा कांग्रेस’ अभियान काभ्रे कांग्रेसले...
ट्रेड युनियनकर्मीसँग काभ्रे कांग्रेसको छलफल

काभ्रे, भदाै १९ : नेपाली कांग्रेस जिल्लामा कार्यसमिति काभ्रेले जिल्लामा क्रियाशिल ट्रेड युनियनकर्मीसँग छलफल गरेको छ । ‘जनताको साथमा कांग्रेस’ अभियान काभ्रे कांग्रेसले नेपाल ट्रेड युनियन कांग्रेसमा आवद्धहरुसँग छलफल गरेको हो ।

नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वकेन्द्रीय उपाध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य रमा कोइराला पौडेलले ट्रेड युनियन कांग्रेसमा आवद्ध सबै संघलाई कृयाशिल बनाएर आसन्न निर्वाचनिमा परिचालन गर्नुपर्ने बताइन् । उनले संगठन कमजोर रहेको क्षेत्रमा बढी मेहनत गरेर पार्टी जिताउन सबै लाग्नुपर्ने बताइन् ।

Hardik ivf

यस्तै, जिल्ला सभापति तीर्थ लामाले ट्रेड युनियनको संगठन बलियो भए मात्रै कांग्रेस बलियो हुने भन्दै त्यसतर्फ ध्यान दिन अनुरोध गरे । बाग्मती प्रदेश कार्यसमिति सदस्य भगवती खड्काले हरेक आन्दोलन र निर्वाचनमा ट्रेड युनियनकर्मीले भुमिका खेलेको भन्दै आसन्न संघीय निर्वाचनमा पनि यस्तै भुमिकाको अपेक्षा गरिन् ।

कार्यक्रममा कांग्रेस जिल्ला सचिव गुणराज मोक्तान, माधव ढकाल, कोषाध्यक्ष जगन्नाथ गिरी, सहसचिव समिर व्याञ्जु श्रेष्ठ, ट्रेड युनियन शाखा प्रमुख रहेका जिल्ला सदस्य सन्तोष गौतमलगायतले पार्टीको  अभियानलाई सफल बनाउन ट्रेड युनियन कांग्रेसले खेल्नुपर्ने भुमिकाका बारेमा चर्चा गरेका थिए।

भदौ १० गते सुरु भएको ‘जनताको साथमा कांग्रेस’ अभियानअन्तर्गत प्रतिनिधिसभाको दुवै र प्रदेश सभाका ४ वटै निर्वाचन क्षेत्रमा कार्यक्रम भएका छन्।

 

प्रकाशित मिति: १९:३७ बजे, आइतबार, भदौ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्