Kathmandu Press

महँगी र डेँङ्गु  नियन्त्रणका लागि सांसदको ध्यानाकर्षण

काठमाडौं, भदौ १९ : प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले चाडपर्व नजिकिएका बेला भएको महँगी र बढ्दो डेँङ्गु सङ्क्रमण नियन्त्रणका लागि विशेष पहल...
महँगी र डेँङ्गु  नियन्त्रणका लागि सांसदको ध्यानाकर्षण

काठमाडौं, भदौ १९ : प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले चाडपर्व नजिकिएका बेला भएको महँगी र बढ्दो डेँङ्गु सङ्क्रमण नियन्त्रणका लागि विशेष पहल गर्न सरकारसँग माग गरिएको छ।

सांसदहरुले मुलुककका ७२ जिल्लामा डेँङ्गुको सङ्क्रमण देखिएको तर सरकार गम्भीर नभएकामा चिन्ता व्यक्त गर्दै आवश्यक पहलका लागि माग गरेका हुन् । सांसद मीनाकुमारी श्रेष्ठले डेँङ्गुको रोकथाम र नियन्त्रणका  लागि पहल गर्न आग्रह गरिन् ।

Hardik ivf

बैठकमा सांसद शक्तिबहादुर बस्नेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्णालीका सबै जिल्लाका लागि सेटेलाइटका माध्यमबाट उपचार गराउन माग गरे । सांसद शेरबहादुर तामाङले गत वर्षको मेलम्चीमा आएको बाढीबाट प्रभावितलाई अझै उचित राहत नदिइएकामा चिन्ता व्यक्त गरे। 

बैठकमा सांसद बिमला विश्वकर्माले महँगी नियन्त्रण गर्न माग गरिन् । सांसद डा विन्दा पाण्डेले विश्वविद्यालयहरुको समस्याका विषयमा कार्यसूचीमा राखेर छलफल गर्न र सांसद लक्ष्मीकुमारी चौधरीले छाडा चौपायको व्यवस्थापन गर्न माग गरिन्। 

प्रकाशित मिति: १७:३९ बजे, आइतबार, भदौ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्