Kathmandu Press

कालीगण्डकी आँखा उपचार केन्द्रलाई आर्थिक सहयोग

कालीगण्डकी आँखा उपचार केन्द्रलाई आर्थिक सहयोग

रामपुर, भदौ १९ : कालीगण्डकी आँखा उपचार केन्द्रलाई जापानिज नागरिक काजुमासा काकिमी (ओकेबाजे) ले  १० लाख रुपैयाँ सहयोग गरेका छन्।    उक्त केन्द्रको सञ्चालक समितिका कार्यवाहक अध्यक्ष विनोदकुमार पोखरेललाई उनले सो रकम हस्तान्तरण गरेका हुन् । 
       
उपचार केन्द्रकोको माथिल्लो तलामा वार्ड र बैठक कक्ष निर्माण गर्न सो रकम उपलब्ध गराइएको हो । तीनतले भवनको माथिल्लो तलामा वार्ड र बैठक कक्ष निर्माण हुन बाँकी थियो। 
      
विसं २०७० मा स्थापना भएको उक्त केन्द्रका लागी ओकेबाजेले भवन निर्माण देखि व्यवस्थापन गर्न विभिन्न समयमा सहयोग गर्दै आउनु भएको केन्द्रका प्रमुख सुन्दर रानाले जानकारी दिए। तीन दशकदेखि उनले पाल्पाको शिक्षा, स्वास्थ्य, सामाजिक संघ संस्थामा ठूलो योगदान पु¥याउँदै आएका छन् । 

प्रकाशित मिति: १३:४४ बजे, आइतबार, भदौ १९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्