Kathmandu Press

स्वास्थ्य क्षेत्रमा प्रथम बन्योे मध्यनेपाल नगरपालिका

लमजुङ, भदौ १९ : लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका स्वास्थ्य क्षेत्रमा ८५ पालिकामध्येबाट  प्रथम भएको छ । शनिबार  बागलुङमा सम्पन्न गण्डकी प्रदेशस्तरीय समीक्षा कार्यक्रममा गण्डकी...
स्वास्थ्य क्षेत्रमा प्रथम बन्योे मध्यनेपाल नगरपालिका

लमजुङ, भदौ १९ : लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका स्वास्थ्य क्षेत्रमा ८५ पालिकामध्येबाट  प्रथम भएको छ । शनिबार  बागलुङमा सम्पन्न गण्डकी प्रदेशस्तरीय समीक्षा कार्यक्रममा गण्डकी प्रदेशभरका सबै पालिकाको स्वास्थ्य क्षेत्रको विकास, गरेको काम र हासिल गरेको प्रगतिलगायत सूचकहरुको आधारमा ८५ पालिकामध्येबाट उक्त नगरपालिका प्रथम भएको घोषणा गरिएको गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव श्रीराम तिवारीले जानकारी दिए। 

आर्थिक वर्ष २०७८÷७९ को प्रदेश स्तरीय वार्षिक समीक्षा बागलुङ बजारमा गरिएको थियो । समीक्षा कार्यक्रममा स्वास्थ्य क्षेत्रमा पालिकाहरुलाई १०० नम्बरको सूचकको आधारमा मूल्याङ्कन गर्दा सबैभन्दा बढी अङ्क ८७दशमलव चार अङ्क प्राप्त गर्दै उक्त नगरपालिका प्रथम भएको उक्त मन्त्रालयले जनाएको छ। 

Hardik ivf

यस्तै पर्वत जिल्लाको पैयु गाउँपालिका दोस्रो र म्याग्दीको बेनी नगरपालिका तेस्रो भएको छ । पैयुँले ८६दशमलव दुई  र बेनीले ८५ अङ्क प्राप्त गर्दै दोस्रो र तेस्रो स्थान हासिल गरेका हुन् । गत वर्ष पालिकाले लिएको स्वास्थ्य योजना, बजेट, दुर्गमता, स्वास्थ्य क्षेत्रमा भएको प्रगति र न्यूनतम स्वास्थ्य मापदण्डलगायत सूचकका आधारमा नम्बर  दिइएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक खिम बहादुर खड्काले बताए। 

समीक्षा कार्यक्रममा गण्डकी प्रदेशका सात जिल्लाहरुको सरकारी अस्पताल, स्वास्थ्य कार्यालय तथा आयुर्वेद औषधालयका स्वास्थ्यकर्मी सहभागी थिए। कार्यक्रममा दोस्रो स्थान हासिल गर्ने पर्वत जिल्लाको पैयँु गाउँपालिकालाई सम्मान गरिएको थियो । सुत्केरीसँग सन्चो बिसन्चो कार्यक्रमबाट चर्चित बनेको पालिकाले कोरोनाको जोखिमीमा समेत उल्लेख्य भूमिका निर्वाह गरेकोे थियो।

स्वास्थ्य क्षेत्रमा गरेको कामका आधारमा हाम्रो पालिका ८५ पालिकमध्ये दोस्रो स्थानमा आउदा खुसी लागेको बताउदै उक्त गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीले आगमी दिनमा स्वास्थ्यलाई प्राथमिकता राखेर बताए। प्रथम हुने मध्यनेपाल नगरपालिकालाई दोस्रो चरणको समीक्षा कार्यक्रममा सम्मान गरिने उक्त मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १३:१८ बजे, आइतबार, भदौ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्