Kathmandu Press

वालिङ–जगत सडकखण्ड अवरुद्ध

स्याङ्जा, भदौ १९ : स्याङ्जाको वालिङ–जगत सडकखण्ड आज विहानदेखि अवरुद्ध भएको छ । वालिङ नगरपालिका–६ मिर्दीस्थित सिद्धार्थ राजमार्गबाट चापाकोट नगरपालिका, हरिनास र बिरुवा गाउँपालिकासहित...
वालिङ–जगत सडकखण्ड अवरुद्ध

स्याङ्जा, भदौ १९ : स्याङ्जाको वालिङ–जगत सडकखण्ड आज विहानदेखि अवरुद्ध भएको छ । वालिङ नगरपालिका–६ मिर्दीस्थित सिद्धार्थ राजमार्गबाट चापाकोट नगरपालिका, हरिनास र बिरुवा गाउँपालिकासहित पूर्वी पाल्पालाई जोड्ने उक्त सडकको वालिङ–५ लसुनेमा पहिरो खसेको थियो । 

सडकमाथिबाट चट्टानसहितको ठूलो पहिरो खसेर बाटो पुरिएकाले सडक अवरुद्ध भएको वालिङ–५ का वडाध्यक्ष छविलाल आलेले जानकारी दिए। अविरल वर्षासँगै ठूलो पहिरो झरेकाले सिद्धार्थ राजमार्गदेखि दुई–तीन पालिकाको केन्द्र जोड्ने सडक अवरुद्ध भएसँगै सवारीसाधन तथा यात्रुबीच बाटोमै रोकिएका छन्। 

Hardik ivf

सडक खुलाउनका लागि वालिङ नगरपालिकाबाट डोजर आउँदै गरेको उनले बताए। प्रहरी तथा जनप्रतिनिधि पहिरो खसेको स्थानमै पुगेर बाटो खुलाउनका लागि पहल तथा सवारीसाधनको व्यवस्थापन मिलाउने काम गरेका छन् । 

सवारीसाधनको चाप बढी हुने यस सडकमा तत्कालका लागि एकतर्फी भए पनि बाटो सञ्चालन गर्नतर्फ लागिएको उनले बताए। 

प्रकाशित मिति: ११:२१ बजे, आइतबार, भदौ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्