Kathmandu Press

स्रोत नखुलेको साढे ३९ लाखसहित युवक पक्राउ

काठमाडौं, भदौ १९ : स्रोत नखुलेको ३९ लाख ५० हजार पाँच सय रुपैयाँसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।प्रहरी प्रभाग नागढुङ्गाको टोलीले धादिङबाट...
स्रोत नखुलेको साढे ३९ लाखसहित युवक पक्राउ

काठमाडौं, भदौ १९ : स्रोत नखुलेको ३९ लाख ५० हजार पाँच सय रुपैयाँसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

प्रहरी प्रभाग नागढुङ्गाको टोलीले धादिङबाट काठमाडौं आउँदै गरेको ना ४ ख ९६७४ नम्बरको बसमा नवलपरासीको बर्दघाट नगरपालिका ६ का २२ वर्षीय टीकाराम भट्टराईलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले बसको ‘ग्यालेरी’मा हरियो रङको झोलाभित्र रहेको उक्त रकमसहित भट्टराई पक्राउ परेको जानकारी दिए। उनीबाट झोला, नगद र एकथान मोबाइल बरामद गरेको  प्रहरीले जनाएको छ।

उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोटको हिरासतमा राखिएको प्रवक्ता मैनालीले बताए।

प्रकाशित मिति: ०७:१५ बजे, आइतबार, भदौ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्