Kathmandu Press

स्रोत नखुलेको साढे ३९ लाखसहित युवक पक्राउ

काठमाडौं, भदौ १९ : स्रोत नखुलेको ३९ लाख ५० हजार पाँच सय रुपैयाँसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।प्रहरी प्रभाग नागढुङ्गाको टोलीले धादिङबाट...
स्रोत नखुलेको साढे ३९ लाखसहित युवक पक्राउ

काठमाडौं, भदौ १९ : स्रोत नखुलेको ३९ लाख ५० हजार पाँच सय रुपैयाँसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

प्रहरी प्रभाग नागढुङ्गाको टोलीले धादिङबाट काठमाडौं आउँदै गरेको ना ४ ख ९६७४ नम्बरको बसमा नवलपरासीको बर्दघाट नगरपालिका ६ का २२ वर्षीय टीकाराम भट्टराईलाई पक्राउ गरेको हो।

Hardik ivf

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले बसको ‘ग्यालेरी’मा हरियो रङको झोलाभित्र रहेको उक्त रकमसहित भट्टराई पक्राउ परेको जानकारी दिए। उनीबाट झोला, नगद र एकथान मोबाइल बरामद गरेको  प्रहरीले जनाएको छ।

उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोटको हिरासतमा राखिएको प्रवक्ता मैनालीले बताए।

प्रकाशित मिति: ०७:१५ बजे, आइतबार, भदौ १९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्