Kathmandu Press

धर्म र संस्कृतिको संरक्षण गर्न आवश्यक छ : मन्त्री यादव

पर्सा, भदाै १८ : वन तथा वातावरणमन्त्री प्रदीप यादवले धर्म र संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्न आवश्यक रहेको बताएका छन। आज वीरगञ्ज महानगरपालिका–१५...
धर्म र संस्कृतिको संरक्षण गर्न आवश्यक छ : मन्त्री यादव

पर्सा, भदाै १८ : वन तथा वातावरणमन्त्री प्रदीप यादवले धर्म र संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्न आवश्यक रहेको बताएका छन। आज वीरगञ्ज महानगरपालिका–१५ स्थित भिषवामा निर्माण गरिएको शीतलामाई मन्दिर र विवाह भवनको उद्घाटन कार्यक्रममा उनले नेपाल कला, संस्कृतिको धनी मुलुक भएकाले हाम्रा धार्मिक, कला, संस्कृतिको संरक्षण गर्न आवश्यक रहेको बताए।

उनले भने, 'नेपाल शान्तिका अग्रदूत भगवान् गौतमबुद्ध जन्मेको देश हो, हाम्रा सबै कला, संस्कृति र धर्मको संरक्षण तथा सम्वद्र्धन गर्न जरुरी छ।' सोही कार्यक्रमलाई सम्बोधन गदै मन्त्री यादवले नेपालले नेपाल कला र संस्कृतिको धनी देश भएकाले यहाँ पर्यटक भित्र्याउन तथा पर्यटन प्रवद्र्धनका लागि भए पनि सबै जातजातिका मौलिक कला, संस्कृतिलाई जोगाएर राख्नुपर्नेमा जोड दिए।

Hardik ivf

उनले कला, संस्कृतिविना मान्छेको जीवन अधुरो जस्तै हुने भएकाले हाम्रा मौलिक कला, धर्म र संस्कृतिको जगेर्ना तथा संरक्षणका लागि अब युवापुस्ता सक्रिय हुनुपर्ने आग्रह गरे। स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत उक्त निर्मित मन्दिर र विवाह भवनको निर्माण गरिएको हो। यसैगरी मन्त्री यादवले सोही वडाको भिषवा र भेडियाहीमा निर्मिण गरिएको विवाह भवनको पनि आजै उद्घाटन गरेका छन। मन्त्री यादवको संसदीय कोषको रु १५ लाखको लागतमा उक्त मन्दिर र रु ३०/३० लाखको लागतमा विवाह भवन निर्माण भएको उहाँका स्वकीय सचिव घनश्यामबाबु गुप्ताले जानकारी दिए।

मन्दिर तथा विवाह भवनको निर्माणपश्चात् मन्दिरको सुन्दरता बढ्नुका साथै त्यहाँ पुग्ने श्रद्धालुलाई पूजाअर्चनामा सहजता हुने विश्वास लिइएको छ। उक्त मन्दिर उद्घाटन समारोहमा जिल्ला समन्वय समिति पर्साका प्रमुख नीरञ्जन साह सोनार (अजय), वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह, जिल्ला समन्वय समितिका पूर्वसभापति एवं जनता समाजवादी पार्टीका नेता नेकमहोम्मद मियाँ, वडा नं १५ का वडाध्यक्ष रमेश यादवलगायतका स्थानीय, बुद्धिजीवी, नेता तथा कार्यकर्ताको सहभागिता थियो।

प्रकाशित मिति: २०:५३ बजे, शनिबार, भदौ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्