Kathmandu Press

नेपाली चलचित्रलाई विश्वसामु पुग्नेगरी विकास गरिनुपर्छ : मन्त्री कार्की

काठमाडाैं,भदाै १८ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुग्नेगरी विकास गर्नुपर्ने बताएका छन। नेपाल चलचित्र निर्माता सङ्घको १६...
नेपाली चलचित्रलाई विश्वसामु पुग्नेगरी विकास गरिनुपर्छ : मन्त्री कार्की

काठमाडाैं,भदाै १८ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुग्नेगरी विकास गर्नुपर्ने बताएका छन। नेपाल चलचित्र निर्माता सङ्घको १६ औँ वार्षिक साधारणसभामा उनले विदेशमा रहेका नेपालीलाई चलचित्र हेर्न सहज बनाउनुपर्ने बताए।

मन्त्री कार्कीले निर्माता सङ्घमा नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। साथै नेपाली चलचित्र कला, संस्कृति र भूगोललाई समेटेर बनाउँदा विश्व बजारमा राम्रो स्थान पाउनसक्ने उनले विश्वास व्यक्त गरे। निर्माता र कलाकारको हकहितको सुरक्षा गर्ने तथा विश्वसामु नेपाली चलचित्रलाई चिनाउनुपर्ने मन्त्री कार्कीको भनाइ थियो।

प्रकाशित मिति: १९:४२ बजे, शनिबार, भदौ १८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्