Kathmandu Press

गौरा पर्वको संरक्षण र प्रवद्र्धनमा सबै लाग्नुपर्छ : मन्त्री बडू

काठमाडाैं, भदाै १८ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सुदूरपश्चिम प्रदेशलगायत क्षेत्रमा मनाइने गौरा पर्वको संरक्षण र प्रवद्र्धन गर्न सबै लाग्नुपर्ने बताएका...
गौरा पर्वको संरक्षण र प्रवद्र्धनमा सबै लाग्नुपर्छ : मन्त्री बडू

काठमाडाैं, भदाै १८ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सुदूरपश्चिम प्रदेशलगायत क्षेत्रमा मनाइने गौरा पर्वको संरक्षण र प्रवद्र्धन गर्न सबै लाग्नुपर्ने बताएका छन। गौरा पर्व २०७९ को अवसरमा प्रसंशा संरक्षण समूहले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले गौरा पर्व र मौलिक संस्कार, संस्कृति र धार्मिक एवं सामाजिक चाडपर्वको संरक्षणको निम्ति सङ्घ, प्रदेश र स्थानीय गरी तीनवटै सरकारको उत्तिकै महत्वपूर्ण भूमिका हुने बताए।

सुदूरपश्चिमको मात्रै नभई नेपालकै प्रमुख पहिचानका रूपमा रहेको गौरा पर्व, देउडा संस्कृतिको संरक्षण र सम्वद्र्धनमा सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।  

Hardik ivf

गहुँ, केराउ, गहत, मास र गुरौसको समीश्रणबाट बन्ने बिरुडा खाएर धार्मिक आस्था, आपसी सद्भाव बढाउनुका साथै सुख शान्ति प्राप्ति तथा इष्ट र कुलदेवता खुसी हुने विश्वासका साथ मनाइने गौरा पर्वलाई धार्मिक सहिष्णुता र सद्भावको रुपमा पनि हेरिन्छ। गौरा पर्वको अवसरमा आज देशैभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ। सोही अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले गौरा पर्व सुदूरपश्चिमको मात्रै नभएर सिङ्गो देशकै पर्व भएको बताउँदै त्यसको संरक्षण पनि सिङ्गो देशले नै गर्नुपर्नेमा जोड दिए।

नेकपा (एमाले) का नेता भीमबहादुर रावलले पछिल्लो समयमा कला, संस्कृति, भाषा कमजोर भन्दै गएको भन्दै त्यसको राज्यले संरक्षण गर्नुपर्ने बताए। पूर्वमन्त्री चन्द्रदेव जोशी, नेपाली कांगे्रसका नेता रमेश लेखक, सांसद निरादेवी जैरु र नेकपा (माओवादी केन्द्र) का नेता खगराज भट्टलगायतले गौरा पर्वले पारिवारिक तथा सामाजिक जीवनमा आपसी प्रेम, विश्वास र सम्बन्ध प्रगाढ बनाउने विश्वास व्यक्त गरे। सो पर्वले विविध जातजाति, भाषाभाषी र सांस्कृतिक परम्परा बोकेका सम्पूर्ण नेपालीबीचको भावनात्मक एकतालाई अझै बलियो बनाउने उनीहरुको भनाइ थियो।

प्रकाशित मिति: १८:३९ बजे, शनिबार, भदौ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्