Kathmandu Press

‘नेपाल कुनै हालतमा श्रीलंकाको अवस्थामा जाँदैन’

काठमाडाैं, भदाै १८ : कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको अर्थतन्त्र सकारात्मक दिशामा रहेको बताएका छन्।नेपाल आर्थिक पत्रकार समाज (सेजन)...
‘नेपाल कुनै हालतमा श्रीलंकाको अवस्थामा जाँदैन’

काठमाडाैं, भदाै १८ : कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको अर्थतन्त्र सकारात्मक दिशामा रहेको बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २४ औं वार्षिक साधारणसभामा बाेल्दै उनले बजारमा हल्ला भएजस्तो नेपाल कुनै पनि हालतमा श्रीलंकाको अवस्थामा जान नसक्ने भन्दै केन्द्रीय बैंकले सजकता अपनाउन भने जरुरी रहेको औंल्याए।

सेजनका पूर्वअध्यक्षद्वय गोपाल तिवारी र गोकर्ण अवस्थी तथा निवर्तमान अध्यक्ष भिमप्रसाद गौतमले अर्थतन्त्रलाई सही दिशाबोध गराउन आर्थिक पत्रकारले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिए।

सेजनका अध्यक्ष जनार्दन बरालले आर्थिक पत्रकारिताप्रति प्रोत्साहन गर्दै उनीहरूको क्षमता अधिवृद्धिमा सेजनले सशक्त भूमिका निर्बाह गर्दै आएको बताए।

प्रकाशित मिति: १८:१५ बजे, शनिबार, भदौ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्