‘मुलुकको अर्थतन्त्र सही दिशामा अघि बढिरहेको छ’

काठमाडाैं, भदाै १८ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सही दिशामा अघि बढिरहेको बताएकबा छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २४ औं वार्षिक साधारणसभामा बाेल्दै उनले श्रम बजार खुल्दै गएको, रेमिटन्स बढेको तथा विदेशी पर्यटक आगामनमा पनि सुधार देखिएकाले अहिले चिन्तित हुने अवस्था नरहेको बताए।
गभर्नर अधिकारीले विश्वव्यापी मूल्यवृद्धिका कारण नेपालमा पनि असर परेको बताउनुभयो। मङ्सिर यता सरकारले विभिन्न वस्तुको आयातमा एलसी खोल्नमा कडाइ गर्ने नीतिले बाह्य क्षेत्रमा सहज भएको उनले उल्लेख गरे।
'तरलताको कुरा बारम्बार आउने गरेको र यो कहिले हट्ला भनेर व्यवसायीहरूले बारम्बार सोध्ने गर्नुभएको छ। लिक्विडिटीको ‘क्रक्स’ सबैलाई थाहा छ,' उनले भने, 'भुक्तानी सन्तुलन घाटा गएको र बाह्य क्षेत्रमा समस्या आएका कारणले बजारबाट तरलता अन्तै गयो तर आन्तरिक रुपमा पैसा हामीसँगै छ। यहाँका बैंक तथा ऋण जसले लिएको उहाँहरूसँगै पैसा छ। तरलताको समस्या समधान गर्न भुक्तानी सन्तुलनको अवस्थामा सुधार आउनैपर्छ यो करेक्सन नभइकन तरलता सहज हुँदैन।'

-1786083934.jpg)









