Kathmandu Press

हंगेरीका प्रधानमन्त्री भिक्टर गोर्बाचेभको अन्त्येष्टिमा भाग लिँदै

मस्को, भदौ १८ : हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले दिवङ्गत सोभियत नेता मिखाइल गोर्बाचेभको बिदाइ समारोहमा भाग लिन मस्को जाँदै छन्।उनको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग...
हंगेरीका प्रधानमन्त्री भिक्टर गोर्बाचेभको अन्त्येष्टिमा भाग लिँदै

मस्को, भदौ १८ : हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले दिवङ्गत सोभियत नेता मिखाइल गोर्बाचेभको बिदाइ समारोहमा भाग लिन मस्को जाँदै छन्।

उनको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटघाट गर्ने कुनै योजना नभएको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार स्पुतनिकलाई बताएका छन्।

'उहाँ गोर्भाचेभलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न मात्र उडान गर्दै हुनुहुन्छ। अरु कुनै औपचारिक बैठक भने तय नभएको खबर छ,' पेस्कोभले बताएका छन्। राष्ट्रपति पुटिनले बिहीबार दिवङ्गत सोभियत नेताप्रति अन्तिम बिदाइ गरेका थिए।

कार्य व्यस्तताका कारण उनी शनिबार हुने बिदाइ कार्यक्रममा सहभागी नहुने बताइएको छ।

नेता गोर्बाचेभको मंगलबार ९१ वर्षको उमेरमा  निधन भएको थियो। उनको शनिबार सार्वजनिक श्रद्धाञ्जलि कार्यक्रमपछि मस्कोको नोभोडेभिची  समाधिस्थलमा अन्त्येष्टि गरिनेछ।

प्रकाशित मिति: १८:०१ बजे, शनिबार, भदौ १८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्