Kathmandu Press

इरानद्वारा अमेरिकी नौसेनाको जहाज कब्जा गर्ने प्रयास

वासिङटन, भदाै १८ : इरानी युद्धपोतले अमेरिकी नौसेनाको जहाजहरू कब्जा गर्ने प्रयास गरेको अमेरिकी नौसेनाले जनाएको छ।  यो पछिल्लो प्रयास एक हप्ताको अवधिमा भएको...
इरानद्वारा अमेरिकी नौसेनाको जहाज कब्जा गर्ने प्रयास

वासिङटन, भदाै १८ : इरानी युद्धपोतले अमेरिकी नौसेनाको जहाजहरू कब्जा गर्ने प्रयास गरेको अमेरिकी नौसेनाले जनाएको छ।  यो पछिल्लो प्रयास एक हप्ताको अवधिमा भएको दोस्रो घटना  भएको ५ औं फ्लीटका प्रवक्ता टिम हकिन्सले शुक्रबार स्पुतनिकलाई बताएका छन्।   

शुक्रबार अमेरिकी केन्द्रीय कमाण्ड नौसेना बलले सो घटनाको विवरण बारे विज्ञप्ति जारी  गर्दै यस किसिमको प्रयास बारे आफूहरू सचेत रहेको जनाएको छ।  

Hardik ivf

अमेरिकी नौसेनाले एक इरानी युद्धपोतलाई सेप्टेम्बर १ मा  अरबी खाडीमा रोकेको थियो त्यसको बदलामा दुई दिनपछि लाल सागरमा अमेरिकी ५ औं  फ्लीटद्वारा सञ्चालित दुईवटा मानवरहित सतही जहाजहरू कब्जा गरेको अमेरिकी केन्द्रीय कमाण्ड नौसेना बलले जनाएको छ। 

इस्लामिक गणतन्त्र इरानको नौसेनाको जहाजले अर्को दिन अमेरिकी नौसेनालाई जहाजहरू फिर्ता गर्नु अघि अन्तरराष्ट्रिय  जलक्षेत्रमा सञ्चालित दुई अमेरिकी सेलड्रोन एक्सप्लोरर जहाजहरू कब्जामा लिएको छ विज्ञप्तिमा  उल्लेख गरिएको छ। 

ती जहाजहरू निशस्त्र थिए जसले वरपरको वातावरणको तस्बिरहरू खिचिरहेका थिए।  त्यसमा कुनै जोखिम नरहेको र बिना कुनै घटना लगातार २०० दिनसम्म लाल सागरमा सञ्चालन भएको विज्ञप्तिमा उल्लेख छ।

अमेरिकी नौसेनाले मङ्गलबार इरानको रिभोलुसनरी गार्ड कोर्प्स नेवी जहाजलाई पर्शियन खाडीम कब्जा गर्नबाट रोकेको पनि जनाएको छ।

प्रकाशित मिति: १७:५८ बजे, शनिबार, भदौ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्