Kathmandu Press

पाकिस्तानमा २४ घण्टामा बाढीका कारण ५७ जनाको मृत्यु, सात हजार ६८३ घाइते

इस्लामाबाद, भदाै १२ : पाकिस्तानमा पछिल्लो २४ घण्टामा मनसुनी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ५७ जनाको मृत्यु हुनुका साथै सात हजार ६८३...
पाकिस्तानमा २४ घण्टामा बाढीका कारण ५७ जनाको मृत्यु, सात हजार ६८३ घाइते

इस्लामाबाद, भदाै १२ : पाकिस्तानमा पछिल्लो २४ घण्टामा मनसुनी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ५७ जनाको मृत्यु हुनुका साथै सात हजार ६८३ जना घाइते भएका राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण ९एनडीएमए० ले जनाएको छ । 

एनडीएमएले शुक्रबार साँझ सार्वजनिक गरेको प्रतिवेदनअनुसार बाढीका कारण देशभर भएका विभिन्न दुर्घटनामा परी कम्तीमा १७ बालबालिका र १८ महिलाको मृत्यु भएको छ ।

Hardik ivf

यो अवधिमा देशको दक्षिणी सिन्ध प्रान्तमा ३८ जनाको मृत्यु हुनुका साथै सात हजार २०४ जना घाइते भएका छन् । बाढी र डुवानका कारण उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा १७ जनाको मृत्यु भएको छ भने अन्य क्षेत्रमा दुई जनाको मृत्यु भएको छ । बर्षाका कारण पूर्वी पञ्जाब प्रान्तमा ४७१ जना घाइते भएका छन् । 

त्यस्तै यो अवधिमा तीन लाख २० हजार ६८० घर नष्ट भएका छन् भने तीन हजार ७६६ पशुचौपाया नष्ट भएका छन् ।

पाकिस्तानमा यस वर्षको मनसुनी वर्षा र बाढीका कारण गत जुन महिनाको मध्यदेखि अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार २६५ पुगेको छ भने १२ हजार ५७७ जना घाइते भएका छन् ।  

एनडीएमएका अनुसार सङ्कट सुरु भएदेखि अहिलेसम्म एक लाख ६९ हजार ६७६ जनाको उद्धार गरिएको छ भने छ लाख २७ हजार ७९३ जना शिविरमा बसिरहेका छन् ।

यसबाहेक १४ लाख २७ हजार ३९ घर नष्ट भएका छन् भने सात लाख ३५ हजार पाँच सय ८४ पशुचौपाया मरेका छन् ।  बाढी प्रभावित क्षेत्रमा एनडीएमए, अन्य सरकारी संस्था, स्वयंसेवक र गैरसरकारी संस्थाहरूद्वारा उद्धार र राहत वितरण कार्यलाई जारी राखिएको छ ।

प्रकाशित मिति: १७:५४ बजे, शनिबार, भदौ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्