Kathmandu Press

काठमाडौं–६ बाट प्रदेश समानुपातिकमा खड्गी र पाण्डे सिफारिस

काठमाडौं–६ बाट प्रदेश समानुपातिकमा खड्गी र पाण्डे सिफारिस

काठमाडौं, भदौ १८ : नेपाली कांग्रेस काठमाडौं-६ 'क'बाट समानुपातिक उम्मेदवारमा रामशरण पाण्डेलगायत १८ जनाको सिफारिस भएको छ।

त्यस्तै साेही क्षेत्र 'ख'बाट समानुपातिकमा क्षेत्रीय सभापति श्यामकृष्ण खड्गी र सीता घिमिरे सिफारिसमा परेका छन्। 

काठमाडौं-६ प्रदेश 'क' र 'ख' क्षेत्रीय समितिबाट उनीहरु समानुपातिकतर्फ उम्मेदवारमा सिफारिस भएका हुन्।

त्यस्तै प्रत्यक्षतर्फ प्रदेश 'ख' क्षेत्रीय समितिले विष्णुभक्त तिमिल्सिनासहित तीनजनाको नाम सिफारिस गरेको छ। प्रदेश 'क'तर्फ भने प्रत्यक्षमा हरिप्रभा खड्गी, जीवन ढंगोललगायत ११ जनाको नाम सिफारिस गरिएको छ।

प्रकाशित मिति: १६:५२ बजे, शनिबार, भदौ १८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्