Kathmandu Press

हेटौंडाबाट गाँजासहित दुईजना पक्राउ

मकवानपुर, भदाै १८ : मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–१० राप्तीपुल नजिकैबाट आज ७४ किलो ७० ग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा...
हेटौंडाबाट गाँजासहित दुईजना पक्राउ

मकवानपुर, भदाै १८ : मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–१० राप्तीपुल नजिकैबाट आज ७४ किलो ७० ग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका–१३ का ३१ वर्षीय प्रकाश तामाङ र पर्साको ठोरी गाउँपालिका–३ बर्मानगरका ३४ वर्षीय चन्द्रकुमारी श्रेष्ठ छन्। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश०१–०२५च १९४२ नंको तरकारी बोक्ने गाडीलाई जाँच गर्दा उक्त परिमाणको गाँजा बरामद गरिएको हो।

प्रहरीले उनीहरुको साथबाट रु ३१ हजार पनि बरामद गरेको छ। 

प्रकाशित मिति: १६:५० बजे, शनिबार, भदौ १८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्