Kathmandu Press

तमानखोला गाउँपालिकाको आफ्नै पालिका गान

बागलुङ, भदाै १८ : तमानखोला गाउँपालिकाले जिल्लामै पहिलोपटक आफ्नै पालिका गान बनाएको छ।बागलुङको सबैभन्दा दुर्गम पालिकामा रहेको तमानखोलाले पालिकाको मौलिक कला, संस्कृति र...
तमानखोला गाउँपालिकाको आफ्नै पालिका गान

बागलुङ, भदाै १८ : तमानखोला गाउँपालिकाले जिल्लामै पहिलोपटक आफ्नै पालिका गान बनाएको छ।

बागलुङको सबैभन्दा दुर्गम पालिकामा रहेको तमानखोलाले पालिकाको मौलिक कला, संस्कृति र पर्यटनलाई समेटेर उक्त गान बनाएको हो।पालिका गानको रचना खोलेस्बाङ आधारभूत विद्यालयका शिक्षिका बिलाकुमारी घर्ती मगरले गर्नुभएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताए।

गाउँपालिकाले शब्द रचनाका लागि आवेदन खुला गरेकामा सहभागी  १२ मध्ये घर्तीको रचना  गाउँपालिकाले छनोट गरिएको उनको भनाइ थियो। 

अध्यक्ष बुढामगरले पालिकको पहिचान, कला संस्कृतिको सम्मान र पर्यटन प्रवद्र्धनका लागि पालिका गान बनाउन थालिएको बताए। उनले गीतमा तमानखोला गाउँपालिकाभित्र रहेका कला, संस्कृति र पर्यटकीय ठाउँहरू समावेश भएको उक्त  गीतमा स्वर र सङ्गीत भर्ने काम भइरहेको जानकारी दिए।

'गाउँपालिकाको पहिचानका लागि हामीले पालिका गान बनाउन बनाउन लागेका हौँ, यो गीतमा हाम्रा कला संस्कृति, पर्यटकीय ठाउँलाई समेटेका छौँ, गीतले पर्यटन प्रवद्र्धन र कला संस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास पनि लिएका छौँ', अध्यक्ष बुढामगरले भने, 'गीतलाई अझै केही परिमार्जन गर्नुपर्ने छ, सङ्गीत भर्नेलगायत काम हुँदै छ।'गीतको भिडियो पनि निर्माण गर्ने योजना बनाएको उल्लेख गर्दै उहाँले भाषा, कला, संस्कृति र पर्यटनसँग जोडिएको गीत भएकाले  सोहीअनुसारको श्रव्यदृश्य बनाइने   बताउनुभयो। 

यस्तो छ पालिका गान

'तमानखोला गाउँपालिका हाम्रा पहिचान।
सोलेडाँडा, बराहताल, नौ डल्ले हुन् सान।।

तमान, बोङ्गा, स्याउलाखोला कलकल बग्ने पानी।
सोरठी, मारुनी र यानीमाया संस्कृतिको खानी।।

ढोमाई थान, भूमे थान, धर्म संस्कृति।
परम्परा जोगाउनु छ, हटाइए विकृति।।

एउटा गाउँलाई चोट लाग्दा अर्को गाउँलाई दुख्छ।
मिलीजुली बस्न पाए सधैँ हाम्लाई पुग्छ।।

कोही छैनौँ पराई हामी सबै समान।
सबको साझा उद्देश्य छ, समुन्नत तमान।।'

प्रकाशित मिति: १६:२६ बजे, शनिबार, भदौ १८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्