Kathmandu Press

‘नारी पत्रकारिता पुरस्कार’ स्थापना

झापा, भदाै १८ : नारी सञ्चार गृह झापाले पत्रकारिता पुरस्कार स्थापना गरेको छ।झापाको बिर्तामोडमा आज संस्थाको ११औं स्थापना दिवसका अवसरमा हरेक दुई वर्षमा एक...
‘नारी पत्रकारिता पुरस्कार’ स्थापना

झापा, भदाै १८ : नारी सञ्चार गृह झापाले पत्रकारिता पुरस्कार स्थापना गरेको छ।

झापाको बिर्तामोडमा आज संस्थाको ११औं स्थापना दिवसका अवसरमा हरेक दुई वर्षमा एक  पत्रकारलाई रु एक लाख एक हजार एक सयको पुरस्कार प्रदान गर्ने घोषणा गरियो। 

नारी सञ्चारगृह झापाका अध्यक्ष भीमा शिवाकोटीले सो पुरस्कारको नाम ‘नारी पत्रकारिता पुरस्कार’ राखिएको जानकारी दिनुभयो। प्रदेश १ भरिका पत्रकार महिलामध्ये उत्कृष्टलाई सो पुरस्कार प्रदान गरिनेछ।

यसैगरी सोही संस्थाले झापाभरिका पत्रकारमध्ये एक जनालाई हरेक दुई वर्षमा रु २५ हजार पाँच सय राशिको ‘नारी प्रोत्साहन युवा पत्रकारिता पुरस्कार’ प्रदान गर्ने भएको छ। नारी सञ्चारगृहको स्थापना २०६९ सालमा भएको हो। 

पत्रकारिता क्षेत्रमा क्रियाशील र नवप्रवेशी महिलालाई सङ्गठित गर्दै तालिम तथा प्रशिक्षण प्रदान गर्दै उक्त संस्थाले पुरस्कारका लागि रु २५ लाखको अक्षयकोष खडा गरेको छ। 

यसैबीच नारी सञ्चारगृहले आज ‘मर्यादित पत्रकारिताका लागि भूमिका, सुझाव र प्रतिबद्धता’ विषयक अन्तक्र्रिया कार्यक्रमसमेत सम्पन्न गरेको छ।

सो अवसरमा प्रदेश १ का यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले प्रदेश सरकारले सञ्चार विधेयक सदनमा प्रस्तु गरेर आमसञ्चार क्षेत्रको विकास र प्रवर्धनमा सघाउ पुर्‍याउन खोजेको बताए। 

प्रकाशित मिति: १६:२० बजे, शनिबार, भदौ १८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्