Kathmandu Press

अगस्टमा अमेरिकामा बेरोजगारी दरमा वृद्धि

वासिङटन, भदाै १८ : अमेरिकामा अगष्टमा रोजगारी वृद्धिको गति सुस्त भएको शुक्रबार सार्वजनिक भएको प्रतिवेदनमा जनाइएकोे छ।अघिल्लो महिनामा रोजगारी दरमा आश्चर्यजनक वृद्धिपछि बेरोजगारी दरमा...
अगस्टमा अमेरिकामा बेरोजगारी दरमा वृद्धि

वासिङटन, भदाै १८ : अमेरिकामा अगष्टमा रोजगारी वृद्धिको गति सुस्त भएको शुक्रबार सार्वजनिक भएको प्रतिवेदनमा जनाइएकोे छ।

अघिल्लो महिनामा रोजगारी दरमा आश्चर्यजनक वृद्धिपछि बेरोजगारी दरमा महामारी पूर्वको स्तरभन्दा माथि पुगेको थियो। 

गत महिना अमेरिकी रोजगारदाता कम्पनी तथा फर्महरूले तीन लाख १५ हजार व्यक्तिलाई रोजगारीका अवसर उपलब्ध गराएको अमेरिकी श्रम मन्त्रालयले जनाएको छ।

गत जुलाईमा यो सङ्ख्या पाँच लाख २६ हजार पुगेको थियो। जुलाईमा भएको रोजगार दरको वृद्धिसँगै अगष्टमा यो सङ्ख्या घट्ने अर्थशास्त्रीहरूले प्रक्षेपण गरेका थिए।

बेरोजगारहरूको सङ्ख्या महामारी पूर्वको अवस्थामा पुगेपछि रोजगारीका अवसरहरूको खोजी नै कम हुनुलाई मन्त्रालयले स्वभाविक भनेको छ।

तर अघिल्लो महिना ३ दशमलव ५ प्रतिशतमा झरेको बेरोजगारी दर अगष्टमा बढेर तीन दशमलव सात प्रतिशतमा पुगेकोे थियो। 

प्रकाशित मिति: १५:२९ बजे, शनिबार, भदौ १८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्