Kathmandu Press

अफगानिस्तानमा मस्जिद विस्फाेट : तालिबानका धर्मगुरूसहित १८ जना मारिए

हेरात (अफगानिस्तान), भदाै १८ : पश्चिमी अफगानिस्तानको एक मस्जिदमा शुक्रबार नमाज पढिरहेका बेला भएको बम विष्फोटमा तालिवान नजिकका एक जना प्रमुख धर्मगुरूसहित १८...
अफगानिस्तानमा मस्जिद विस्फाेट : तालिबानका धर्मगुरूसहित १८ जना मारिए

हेरात (अफगानिस्तान), भदाै १८ : पश्चिमी अफगानिस्तानको एक मस्जिदमा शुक्रबार नमाज पढिरहेका बेला भएको बम विष्फोटमा तालिवान नजिकका एक जना प्रमुख धर्मगुरूसहित १८ जनाको मृत्यु भएको छ। विष्फोटनमा परी कम्तीमा २३ जना घाइते भएका छन्। 

हेरात शहरको गुजरगाह मस्दिमा भएको विष्फोटपछिको भिडियोमा उक्त धार्मिकस्थलको आँगन शवले भरिएको, जमिन रगताम्मे भएको देखिन्छ भने त्यहाँबाट ‘भगवान् महान् हुनुहुन्छ’ त्रासमा मानिस कराउँदै भागेका देखिन्छन्। अल्लाहका उपसकहरूले मस्जिद खचाखच भरिएको समयमा त्यहाँ बम विष्फोट भएको थियो। 

विष्फोटमा मारिएका प्रमुख धर्मगुरू मुजिबउल रहमान अन्सारी पश्चिमा समर्थित सरकारका कट्टर आलोचक थिए। उनलाई तालिवानले प्रमुख धर्मगुरूका रूपमा मानेको थियो। धर्मगुरू अन्सारीको मृत्युको पुष्टि तालिवानका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले गरेका छन्। 

प्रकाशित मिति: १५:२३ बजे, शनिबार, भदौ १८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्