Kathmandu Press

अमेरिका–मेक्सिको सीमामा ८ आप्रवासीको डुबेर मृत्यु

अमेरिका–मेक्सिको सीमामा ८ आप्रवासीको डुबेर मृत्यु

ह्युस्टन, भदाै १८ : मेक्सिको र अमेरिकाको टेक्सास राज्यको सीमा नदी रियो ग्रान्डेबाट बिहीबार आठ आप्रवासीको शव फेला परेको छ। 

अमेरिकाको भन्सार तथा सीमा सुरक्षा विभागको विज्ञप्तिअनुसार टेक्सासको ईगल पास नजिकै नदीबाट अन्य ३७ जनाको उद्धार गरिएको छ।

युएस बोर्डर पेट्रोल एजेन्टहरूले छवटा शवहरू फेला पारेका थिए भने अरू दुईवटा मेक्सिकन टोलीहरूले  फेला पारेको विज्ञप्तिमा जनाइएको छ।

यस क्षेत्रमा दिनभर परेको भारी वर्षाका कारण सो नदीको जलप्रवाहमा तीव्रता आएकाले उद्धारमा कठिनाइ थपिएको थियो। 

प्रकाशित मिति: १२:२६ बजे, शनिबार, भदौ १८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्