Kathmandu Press

चिनियाँ विदेशमन्त्रीद्वारा चीन-रुस सम्बन्धको प्रशंसा

बेइजिङ, भदाै १८ : चिनियाँ राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीले शुक्रबार चीनका लागि निवर्तमान रुसी राजदूत आन्द्रे डेनिसोभसँग भेटवार्ता गरेका छन्।राजदूत डेनिसोभस आफ्नो...
चिनियाँ विदेशमन्त्रीद्वारा चीन-रुस सम्बन्धको प्रशंसा

बेइजिङ, भदाै १८ : चिनियाँ राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीले शुक्रबार चीनका लागि निवर्तमान रुसी राजदूत आन्द्रे डेनिसोभसँग भेटवार्ता गरेका छन्।

राजदूत डेनिसोभस आफ्नो कार्यवधि सकेर स्वदेश फर्किँदैछन्। सो अवसरमा मन्त्री वाङले चीन-रुस सहयोग प्रवर्द्धन र दुई राष्ट्रबीचको मित्रता र पारस्परिक विश्वासको अभिवृद्धिमा राजदूत डेनिसोभको कार्य उल्लेखनीय रहेको भन्दै उच्च प्रशंसा गरेका छन्। सो अवसरमा उनले द्विपक्षीय सम्बन्धको विकासमा उनको निरन्तर योगदानको अपेक्षा गरिएको बताएको छ।

डेनिसोभले चीनमा आफ्नो  कार्यावधिको क्रममा चीनले सबै पक्षमा हासिल गरेको अतुलनीय उपलब्धि देखेको र भविष्यमा पनि चीनले अझ ठूलो उपलब्धि हासिल गर्ने विश्वाससमेत लिएको बताउनुभएको छ।

प्रकाशित मिति: १२:१८ बजे, शनिबार, भदौ १८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्