पिकअपको ठक्करबाट इटहरीमा एक जनाको मृत्यु, एक घाइते
सुनसरी, भदौ १८ : इटहरी उपमहानगरपालिका–२ मा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।इटहरी–२ गंगामार्गस्थित कोसी राजमार्गमा धरानबाट आउँदै गरेको प्रदेश १–०२–००२च ४६६२...
सुनसरी, भदौ १८ : इटहरी उपमहानगरपालिका–२ मा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
इटहरी–२ गंगामार्गस्थित कोसी राजमार्गमा धरानबाट आउँदै गरेको प्रदेश १–०२–००२च ४६६२ नम्बरको पिकअप गाडीले सोही दिशाबाट आउँदै गरेको को१६प ५७२० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकल चालक इटहरी–२ का २८ वर्षीय लोमस दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सोही मोटरसाइकलमा सवार इटहरी–५ का २९ वर्षीय सरोज गुरागाईं गम्भीर घाइते भएका छन्।
घाइते गुरागाईंको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पिकअप गाडी तीव्रगतिमा रहेका कारणले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुवै सवारीसाधन इटहरी प्रहरीको नियन्त्रणमा रहेको र फरार पिकअप चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १२:०७ बजे, शनिबार, भदौ १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












